बुधबार, अशोज ७, २०८३ | Wed September 23, 2026


भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न मुख्यमन्त्री किरण थापाद्धारा आह्वान

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न मुख्यमन्त्री किरण थापाद्धारा आह्वान



दोलखा ६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा भोटेकोशीमा आएको बाढीबाट भएको भौतिक क्षतिको पुर्ननिर्माणका लागि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न आह्वान गर्नु भएको छ । जिल्ला समन्वय समिति दोलखाद्वारा मंगलबार दोलखामा आयोजित बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले पुर्ननिर्माणका लागि सहयोगको आव्हान गर्नु भएको हो ।

मुख्यमन्त्री किरण थापाले भन्नुभयो, “गत भदौ १० गते बागमती प्रदेशको रसुवाको भोटेकोसीमा आएको बाढीले विभिन्न जिल्लाहरूमा गएको बाढी–पहिरो र विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ, उद्धार र राहतको पहिलो चरणको कार्य सकिएको छ, अब पुनर्निर्माणमा लाग्नुपर्छ । त्यस बाढीबाट अरर्बौँको क्षति भएकाले प्रदेशको सीमित साधन–स्रोतले मात्र नपुग्ने हुँदा दोलखाका नौ वटै पालिका तथा अन्य प्रदेश सरकारहरूलाई पनि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न आह्वान गर्दछु । सहयोग गर्ने पालिकाहरू र प्रदेशको नाम पुनर्निर्माण गरिने संरचना एवं शिलालेखमा समावेश गरिने छ ।

उहाँले विकास निर्माणका काममा कुनै पनि बाहनामा हुने ढिलासुस्ती सह्य नहुने बताउदै विकास निर्माणका काममा ढिलाईसुस्ती गर्ने कसैलाई छुट नभएको बताउनु भयो ।
उपभोक्ता समिति वा निर्माण ब्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको भुक्तानी दिने र मूल्याङ्कन गर्ने प्राविधिक तथा कर्मचारीहरू स्वयं कारबाहीको भागीदार हुनुपर्ने उहाँले बताउनुभयो ।  उहाँले अनियमितता र कमजोरीहरूलाई सार्वजनिक गरी पारदर्शी बनाउन सञ्चारकर्मी तथा नागरिक समाजलाई आग्रह समेत गर्नुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारका आ–आफ्ना जिम्मेवारी रहेको छ, प्रदेश सरकारद्वारा विनियोजित बजेट सडक सञ्जालका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा कृषिजस्ता क्षेत्रमा विशेष गरि बजेट बिनियिजन भइरहेको छ ।” विशेषगरी स्वास्थ्य क्षेत्रमा पशुपति चौलागाईं अस्पतालको स्तरोन्नति गर्दै डायलासिस तथा अन्य विशेषज्ञ सेवा सुरु गरिएको र बाँकी आवश्यकताहरूलाई पनि क्रमशः पूरा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस  धादिङको नवजात शिशुको स्वास्थ्य मन्त्रालयद्वारा हेलिकप्टरद्धारा आपतकालिन उद्धार

राजनीतिक वाद–विवाद र आरोप–प्रत्यारोप भन्दा माथि उठेर सबै जनप्रतिनिधिहरूले इमानदार भई काम गरेमा मात्र दोलखासहित समग्र बागमती प्रदेशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई थियो । मंगलबार र बुधबार सञ्चालन हुने दुई दिने समीक्षा गोष्ठीबाट प्राप्त ठोस निष्कर्ष र सुझावहरूलाई आगामी बजेट तथा नीतिमा समावेश गरिने उहाँले बताउनु भयो ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदीश खरेल, वागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भरत केसी, उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश सभा सदस्य ठुला थामी लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित