सोमवार, अशोज १९, २०८३ | Mon October 05, 2026


वागमती प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीका कारण क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउने

वागमती प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीका कारण क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउने



भक्तपुर, १८ असोज : वागमती प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीका कारण क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउने भएको छ ।
आज प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (ल्म्च्च्ःब्) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा वागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्रीबीच विपदपछिको पुनस्र्थापना, पुनर्निर्माण तथा भूमि विकास एकीकृत विकासका मोडल लगायतका बिषयमा छलफल भएको हो ।
प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभएर दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाका लागि पुनरोत्थानसहितका बिभिन्न कार्यहरु  सन्चालन गर्ने निष्कर्षमा पुगेको हो ।
भोटेकोशी बाढी पहिरो लगायतका विपदवाट प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने, भूमि विकास तथा सुरक्षित बस्ती व्यवस्थापन एकीकृत विकासका मोडल तयार गर्ने, पूर्वाधार पुनर्निर्माण, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय तथा आवश्यक योजना र कार्यढाँचा निर्माणका विषयमा छलफल गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
प्रभावित समुदायको आवश्यकता र स्थानीय अवस्थालाई प्राथमिकतामा राख्दै द्यगष्मि द्यबअप द्यभततभच को अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने उहाँले बताउनुभयो । आगामी दिनमा विपद जोखिम न्यूनीकरणलाई विकास योजनासँग एकीकृत गर्ने विषयमा समेत जोड दिइएको जानकारी दिदै उहाँले बाढीग्रस्त क्षेत्रमा प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभई दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाको पुनरोत्थानका कार्यक्रमलाई अगाडि बढाउने निर्णयमा पुगेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्रधानमन्त्री वालेन्द्र शाहसंग तीन तहकै सरकारको समन्वयमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण एवं पुर्नस्थापनामा लाग्ने भएका छौं : मुख्यमन्त्री किण थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित