भक्तपुर, २३ कात्तिक । मंसिर ४ गते नजिकिदै छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको दिन नजिकिदै जादा नेकपा एमालेमा युवादेखि जेष्ठ नागरिकसम्मको उर्लदो जनलहर गठबन्धनका लागि चुनौती बन्दै गएको छ । आज नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रम आज सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा युवादेखि जेष्ठ नागरिकसमेतको ओइरो लागेको छ ।
प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेत र प्रदेश सभा (क) का उम्मेदवार किरण थापा सहभागि घर दैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा वडा नं. ७ का सर्यौ जनता सडकमा ओर्लिएर लामबद्ध भई चोक चोकमा फूल, माला र टीका लगाईदिएर भव्य स्वागत एवं विजयीको आर्शिवाद दिएका थिए ।
नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको गृह वडासमेत रहेको गुण्डूमा भएको घरदैलो कार्यक्रममा काठमाडौँ वल्र्ड स्कुलबाट शुुरु भई नयाँ वसपार्कमा पुगेर सम्पन्न भएको थियो । घरदैलोमा कार्यक्रममा आएका स्थानीयले चोक चोकमा भक्तपुरको विकास र समृद्धिमा एमाले र महेश बस्नेतको विकल्प नभएको भन्दै सूर्यमा मतदान गर्ने जनताले बताएका थिए ।
आफ्नो गाउँको छोरा महेश बस्नेतलाई सूर्यमा मतदान गरि आगामी दिनमा भक्तपुरको जनप्रतिनिधिमात्र नभई देशकै नेतृत्व गर्ने क्षमता भएको सक्षम र इमान्दार लिडर भएको भन्दै गुण्डूमा एमालेको पक्षमा भोट हाल्न आतुर रहेको बताएका थिए । त्यस क्रममा बृद्धबृद्धाले आफ्नो मत जहिले पनि एमालेलाई भन्दै भविश्यमा प्रधानमन्त्री भएको हेर्न पाउँने इच्छा र आर्शिवाद दिएका थिए ।
घरदैलोको र्र्यालीमा जनताले ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण लेउ भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरु लगाएका थिए ।
विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरुको वारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।
घरदैलोमा एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, एमाले सूर्यविनायक ‘क’ क्षेत्रका उम्मेदवार किरण थापा, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।