सोमवार, मंसिर १, २०८३ | Mon November 16, 2026


वडा कार्यालयलद्धारा चिकित्सकहरुलाई सम्मान

वडा कार्यालयलद्धारा चिकित्सकहरुलाई सम्मान



भक्तपुर, २९ कात्तिक । सूर्यविनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोबास गर्ने चिकित्सकहरुलाई आज वडा कार्यालयले सम्मान गरेको छ ।

कार्यालयले यहाँ आयाजना गरेको चिकित्सक सम्मान कार्यक्रममा वडा भित्र स्थायी बसोबास गर्ने विभिन्न विद्याका चिकित्सकहरुलाई वडा अध्यक्ष राजकुमार जोशीले सम्मान पत्र पैदान गर्दै सम्मान गनुभयो । कार्यक्रममा चिकित्सकहरुलाई वडाका वडा सदस्यहरुले समेत सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष जोशीले आफ्नो वडा बौद्धिक, शिक्षित र दक्ष जनशक्तिको गौरवमय पहिचान बोकेको वडा भएकाले यहाँका चिकित्सकहरूको सफलता र योगदानमा वडाको अमूल्य सम्पत्ति तथा भावी पुस्ताका लागि प्रेरणाको उज्यालो मार्ग देखाउन सफल हुने बताउनुभयो ।

उहाँले यो सम्मान केवल व्यक्तित्वको सम्मान मात्र नभई ज्ञान, मेहनत, समर्पण र सफलताको सम्मान पनि भएको बताउदै आगामी पुस्ताले पनि उहाँहरूबाट प्रेरणा लिँदै देश र समाजको सेवामा समर्पित हुने विश्वास लिएका बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित