भक्तपुर, २९ कात्तिक । नेकपा एमाले सूर्यबिनायक नगरपालिका वडा नं ८ वडा कमिटीले आईतबार सिपाडोलमा बिजयादशमी तथा शुभ–दिपावली, न्हू दँ ११४७ साथै छठ पर्वको अवसरमा आयोजित चियापान, शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले भक्तपुरको विकासमा वागमति प्रदेश सरकारले आवश्यक बजेट र विकासका कार्यहरु ल्याएको बताउनुभयो ।
भक्तपुरको स्वास्थ्य, शिक्षा, भौतिक तथा अभौतिक विकास, सीप तथा रोजगारीको अवसर जुटाउन गर्न आफू निरन्तर लागिरहेको बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष वचन देउजा, वडा अध्यक्ष पुष्पराज बस्नेत, रामेश्वर बोहरालगायत एमालेका नेताहरुले शुभकामना व्यक्त गर्न भएको थियो ।


