मङ्लबार, मंसिर २, २०८३ | Tue November 17, 2026


बोलेको कुरा हामी पुरा गर्छौ, भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ६ करोड बजेट ब्यस्था गरेका छौं : मख्यमन्त्री किरण थापा मगर

बोलेको कुरा हामी पुरा गर्छौ, भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ६ करोड बजेट ब्यस्था गरेका छौं : मख्यमन्त्री किरण थापा मगर



भक्तपुर, ३० कात्तिक । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनस्र्थापना लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुरका सञ्चारकर्मीहरुसंग कुरा गर्दै सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउन उक्त बजेट विनियोजन गरेको बताउनु भएको हो ।
प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती पुनस्र्थापना र पुनर्निर्माणको कार्य अगाडि बढाउन लागेको बताउनुभयो । विपद्का कारण भएको क्षतिको व्यवस्थापन, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि थप आर्थिक स्रोत आवश्यक भएपछि सरकारले अन्य विकास योजनाको बजेटसमेत पुनव्र्यवस्थापन गर्ने निर्णय गरेको हो ।
पुनर्निर्माण र पुनस्र्थापनाको काम तत्काल अघि बढाउने बताउँदै मुख्यमन्त्री किरण थापाले भन्नुभयो, “हामी बोलेको कुरा व्यवहारमा लागू गर्न प्रतिबद्ध छौँ, रसुवा बाढीको कारण घरबारविहीन हुनुभएका, आफन्तजन गुमाइ रहनु भएकाको भौतिक तथा मानसिक प्रभाव र भोलिका दिनमा पीडितहरूलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव, राज्यसँग भौतिक संरचनाले टुटेका सम्बन्ध सबै कुराहरू, हामी हाम्रो नीतिगत क्षमता, हाम्रो अधिकार र बहन गर्नुपर्ने उत्तरदायित्व लगायतको सबै विषयमा गम्भिर भएर अगाडि बढेका छौं ।”
बजेट विनियोजनसँगै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले पुनर्निर्माण र पुनस्र्थापनाको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण घरबारविहीन भएका, आफन्त गुमाएका र भौतिक तथा मानसिक पीडा भोगिरहेका नागरिकको अवस्थाप्रति सरकार जानकार रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री थापाले भन्नुभएको छ, “हामी बोलेको कुरा व्यवहारमा लागू गर्न प्रतिबद्ध छौँ, रसुवा बाढीको कारण घरबारविहीन हुनुभएका, आफन्तजन गुमाइरहनुभएका, त्यहाँको कोलाहल, चिच्याहट र अभाव अनि प्राकृतिक विपत्तिले त्यहाँ ल्याएको विकराल रूपका कारण परेको भौतिक तथा मानसिक प्रभाव र भोलिका दिनमा पीडितहरूलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव, राज्यसँग भौतिक संरचनाले टुटेका सम्बन्ध सबै कुराहरू, हामी हाम्रो नीतिगत क्षमता, हाम्रो अधिकार र बहन गर्नुपर्ने उत्तरदायित्व लगायतको सबै विषयमा जानकार छौँ ।”
मुख्यमन्त्री थापाले विपद्ले भौतिक संरचनामा मात्रै क्षति नगरेर नागरिकको जीवन, सामाजिक सम्बन्ध र राज्यसँगको सम्बन्धमा समेत असर पारेको उल्लेख गर्नुभएको छ । सरकार आफ्नो नीतिगत क्षमता, अधिकार र उत्तरदायित्वप्रति सचेत रहेको उहाँको भनाइ छ । उहाँले थप भन्नुभएको छ, “हामी हाम्रो कर्तव्यपथबाट एक इन्च पनि पछि हटेका छैनौँ, अब उहाँहरूको पुन निर्माण पुन स्थापना स्थान्तरण तथा आवश्यक जरुरीका भौतिक संरचनाको निर्माण तुरुन्त अगाडि बढ्नेछ । ”
विपद् प्रभावित नागरिकले तत्काल सुरक्षित आवास र सामान्य जीवनमा फर्कने आधार खोजिरहेका बेला प्रदेश सरकारले गरेको बजेट व्यवस्थापन र मुख्यमन्त्रीको प्रतिबद्धता अब व्यवहारमा छिटो कार्यान्वयन हुन जरुरी छ । जाडोले कठाङ्ग्रिन लागेका स्थानीयले यति बेला लोककल्याणकारी राज्य खोजी रहेका छन् । त्यसका लागि बागमती प्रदेश सरकारले आफ्नो उत्तरदायित्व देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  संघीय सरकारका प्रतिनिधिसँग समन्वयका लागि सम्पर्क गर्न खोज्दा समेत सहज पहुँच नपाएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित