बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


घरदैलो अभियानकै क्रममा सूर्यविनायक र मध्यपुरबाट काँग्रेस, माओवादी छाडेर १०० युवा एमाले प्रवेश

घरदैलो अभियानकै क्रममा सूर्यविनायक र मध्यपुरबाट काँग्रेस, माओवादी छाडेर १०० युवा एमाले प्रवेश



भक्तपुर, २६ कात्तिक । मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा चुनाब नजिक आइरहदाँ एमालेको घरदैलो अभियानकै क्रममा नेपाली काँग्रेस र माओवादी परित्याग १०० युवा एमाले प्रवेश गरेका छन् ।

मध्यपुरथिमिमा मात्रै ६० जना भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन नजिकिदै गर्दा देशको बिकासमा एमालेको नेतृत्व आवश्यक रहेको ठहर गर्दै विभिन्न पार्टीमा आबद्ध रहेका युवाहरु एमाले प्रवेश गरेका हुन ।

नेकपा एमाले मध्यपुर थिमी वडा नं ३ को निर्वाचन परिचालन कमिटीद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुणदल र नेविसंघ परित्याग गरी ६० भन्दा बढी युवाहरु एमाले प्रवेश गरेको एमाले थिमिले जानकारी दिएको छ । पार्टी प्रवेश गर्नेहरुलाई एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले टीका र खादा ओढाएर प्रवेश गराए ।

त्यसै गरि मध्यपुरथिमिमै नेकपा माओवादी केन्द्रका भातृ संगठन वाईसिएल मध्यपुर नगर इन्चार्ज अमित कारन्जितसहित १५ जना युवा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र समिति स्वार्थमा लागेको र देशको लागि केही गर्न नसक्ने ठहर गर्दै वाईसिएलका इन्चार्जसहित एमाले प्रवेश गरेको कारन्जितले बताए ।

त्यसैगरि नेपाली काँग्रेसमा क्रियासिल सदस्य देब श्रेष्ठ एमाले प्रवेश गरेका छन् । वाग्मति प्रदेश सभा (क) सूर्यविनायकका एमाले किरण थापाले उहाँलाई टीका र खादा ओढाएर एमालेमा प्रवेश गराउनु भएको हो ।

त्यसैगरि मध्यपुरथिमि नगरपालिका–३ नेपाली काँग्रेसका क्रियासिल सदस्य श्री बस्नेतले पनि आजबाट काँग्ेस परित्याग गरि एमाले प्रवेश गरेको घोषणा गरेका छन् । उनले समाजिक सञ्जालमै आज बाट लामो समयदेखिको नेपाली काँग्रेससंगको सम्बन्ध तोडेको छु । बिकाश प्रेमी मेरो बन्धुभाई महेश बस्नेतलाई चुनाब जिताउन सहयोग गर्ने निर्णयमा पुगेको छु ।

यो पनि पढ्नुहोस  हेटौँडा अस्पतालमा आजबाट विशेषज्ञ सहितको मुटु रोग सम्बन्धी सेवा सुरु

सिध्दान्त मात्र होइन बिकास हेरौं । भन्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन् । उनलाई एमालेका नेता महेश बस्नेतले टीका तथा खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।

त्यसैगरि भक्तपुरको विकास र समृद्धिका नायक पूर्वमन्त्री, प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेत र प्रदेश सभा उम्मेदवार किरण थापाको हरेक अभियानमा एक जुट भएर अगाडि बढ्ने संकल्प गर्दै घरदैलो अभियानमै सूर्यविनायक ४ दधिकोटका युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

दधिकोटमा काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेको जनाउदै १५ जना युवाहरु अबदेखि एमालेमा रहेर राजनीतक अगाडि बढाउने बताएका छन् ।

त्यस्तै लौरो अभियन्ता उद्धव घिमिरले पनि मंसीर ४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको घर दैलो कार्यक्रम टीका र फूल माला लगाएर उनले एमालेका उम्मेदवार महेश बस्नेत, किरण थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

एमालेका पोलिव्यूरो सदस्य महेश बस्नेतले नवप्रवेशी युवाहरुलाई पार्टीको बिभिन्न संगठनको जिम्मेवार पदमा स्थान दिइने बताउदै निर्वाचनमा सक्रिय सहभागिता हुन निर्देशन दिए ।

नवप्रवेशी युवाहरुले एमालेले मात्रै मुलुकको बिकास गर्न सक्छ, भक्तपुरको बिकासमा महेश बस्नेतको बिकल्प छैन भन्ने प्रमाणित भएकाले एमालेमा समाहित भएको भन्दै अत्याधिक बहुमतले विजयी गराउन आजैबाट लाग्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित