भक्तपुर, २९ कात्तिक । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदबार महेश बस्नेतले मंसिर ४ गतेको निर्वाचनमा मतदातासँग दुई वटा मात्रै बिकल्पहरु रहेको बताउनु भएको छ ।
मध्यपुरथिमिको बोडेमा एमालेले आज आयोजना गरेको चुनाबी सभामा बोल्दै उहाँले २०४८ सालदेखि संसदमा प्रतिनिधित्व गर्दै आएको तर भक्तपुरको कुनै बिकास गर्न नसकेको नेतालाई रोज्ने कि पहिलो पटक संसदमा प्रतिनिधित्व गरेर भक्तपुरको आवाज संसदमा पुर्याउदै भक्तपुरमा बिकासको लहर ल्याउनेलाई रोज्ने दुई बिकल्प मात्रै रहेको बताउनु भएको हो ।
पूर्वमन्त्री एवं एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “हामीले दिएको मत गलत मानिस र पार्टीलाई पर्यो भने पाँच वर्ष होइन, देश २० औ वर्ष पछाडि पर्छ । यस पटक हाम्रा सामु धेरै बिकल्पहरु छैनन्, प्रतिस्पर्धामा एमालेसँग पाँच दलीय गठबन्धन चुनावी मैदानमा छ, अब भक्तपुरका जनताले एमालेलाई छान्ने कि, गठबन्धनलाई छान्ने यी दुई बिकल्प भन्दा भन्दा तेश्रो बिकल्प छैन । यी दुईलाई छान्ने कुरामा सम्बिन्धत पार्टी र उम्मेदवारलाई तुलना गरेर हेर्नुस् र मतदान गर्नुस् ।”

उहाँले विगतमा भक्तपुरमा एमालेले पाँच वर्षमा गरेको काम, मध्यपुरथिमिको फेरिएको अबस्थालाई हेरेर मतदान गर्नुपर्नेमा जोड दिदै उहाँले यस पटक पनि प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवारलाई जिताएर पठाए मध्यपुरथिमिको बिकासलाई अझ विशेष ध्यान दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, “विगत पाँच वर्षमा पनि हामीले मध्यपुरथिमिलाई विशेष माया गरेका छौँ, हामीले ८१ करोड बजेट ल्याएर पेप्सीकोला सल्लाघारी सडक बनायौ, चारदोबाटो सिद्धिकाली सडक, बप्पा महादेवबाट नगरपालिका आउने सडक, भिमसेन चोकबाट बोडेहुदै मूलपानी जाने सडक, बोडेबाट टिगनी जाने सडक, निकोसेराबाट गाँकु हुदै तालिम केन्द्र आउने सडक, सानोठिमीबाट धुन्चेपाखाहुदै बोडे जाने सडक बन्यो, सयपत्री मार्ग बनाउदै छाँै, छुटेको मेलम्चीको पानी केपी ओली नेतृत्वको सरकारको पालामा सबभन्दा पहिला यहाँ ल्याउन सफल भयौ, टिगनीमा ३५ लाख लिटरको पानी ट्यांंकी बनेको छ, ओली सरकारकै पालामा निलबाराही क्षेत्र सरकारले घोषणा गरेको १०० गन्तव्य भित्र पार्न सफल भयौ, यहाँ वर्षको ७५ लाख रुपैया संघीय सरकारबाट बजेट विनियोजन गराउन सफल भयौ, यसलाई इको पार्क बनाउने, पिकनिक स्पोर्ट बनाउने, भूक्षय नियन्त्रण गर्ने, झोलुङ्गे पुल निर्माण गरेर आन्तरिक पर्यटकको बृद्धि गर्ने योजना हामीले अगाडि बढाएको छाँै ।”
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्पदा झल्कने, आधुनिकता टल्कने अभियान चलाएको उल्लेख गर्दै उहाँले सम्पदामा टल्काउने नेतृत्व महेश बस्नेतले गरेको र सम्पदा झल्काउने प्रकारको नेतृत्व पूर्व मेयर मदनसुन्दर श्रेष्ठले गर्नुभएको बताउनुभयो ।
कांग्रेसले बेचेका सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने अभियानमा एमालेले महत्वपूर्ण जिम्मेवारी गरिरहेको उल्लेख गर्दै उहाँले भक्तपुरको कला, संस्कृति र परम्परालाई जोगाउन एमालेको साथ र सहयोग निरन्तर रहिरहेको बताउनुभयो ।
यहाँको कुमारी पार्क, कमल पोखरी जस्ता सम्पदा सबैको आकर्षण गर्ने बनेको बताउदै कमल पोखरीको फैसलाका क्रममा न्यायाधिससँग आफ्नो सम्बन्ध राम्रो भएकोले न्यायाधिसलाई कालो चश्मा र क्याप लाएर यहाँको यथार्थजानकारी गराउन पोखरी देखाउन ल्याए पछि पोखरीको फैसला आएको खुलासा गर्नु भयो ।

सम्पदा बस्ती बनेको, बिकासका निम्ति हामी छाँै भन्दै उहाँले भन्नुभयो, “एमाले गुण बिर्सने पार्टी होइन, गुणको बदला गण र नुनको बदला नुन तिर्ने पार्टी हो, सम्पदा, बिकासमा मात्र होइन, व्यक्तिगत समस्या पर्यो भने पनि हामी छौ, हामी समस्या समाधान गर्न सहयोग गर्छौ ।”
२०७२ सालमा उद्योग मन्त्री भए पछि भक्तपुरमा बिकासका लहर आएको सन्दर्भ कोट्याउदै पूर्व सांसद समेत रहनु भएका एमाले उम्मेदवार बस्नेतले भन्नुभयो, “भूकम्प आउँदा पीडित जनतालाई साथ दिन उनीहरुको घरदैलोमा राहतको पोको लिएर महेश बस्नेत आयो, हजारौ बण्डल जस्ता लिएर आयो, त्रिपाल लिएर आयो, पीडितहरुलाई बस्ने बासको व्यबस्था गरेर आयो, खानका लागि दाल, चामल, नून, तेल लिएर आयो, लत्ता कपडा लिएर आयो, कुन दलका कार्यकर्ता भनेर सोधेन, पीडितको घरघरमा पुग्ने गरि राहत बाड्यो, त्यतिखेर अहिलेका विपक्षी उम्मेदवार कहाँ थिए ? जनताको दैलोमा के लिएर गए ? हनुमन्तेमा बाढी आएर मधयपुरथिमि र राधेराधे डुबाउँदा महेश बस्नेत आयो, अहिले विपक्षी उम्मेदबार कहाँ थिए ? त्यसपछि महेशले भक्तपुरमा बिकास लिएर आयो ।” अहिले तिनै उम्मेदबार भ्रम फैलाउने मुद्धा लिएर जनता माझ आएको बताउनु भयो ।

राष्ट्रियताकोबारेमा मुद्धा उठाउने पार्टी एमाले मात्रै हो भन्दै उहाँले नागरिकता बिधेयक आम नेपालीको हितको बिरुद्ध रहेको बताउनु भयो । नागरिकता बिधेयक पारित गरेर बिदेशीलाई बुहारी बनाएको भोली पल्टै नेपाली नागरिकता दिएर अधिकार सम्पन्न बनाउने गठबन्धनको बिरोध एमालेले र नेमकिपाले मात्रै गरेको भन्दै उहाँले राष्ट्रतिले नागरिकता बिधेयक रोक्दा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रंशसा गरेको चर्चा गर्नु भयो ।
गठबन्धन सरकारले नेपाललाई अमेरिकी सैन्य रणनीतिको क्षेत्र बनाउने स्टेट पार्टनरसिप कार्यक्रममा हस्ताक्षर गरे पनि त्यसको एमालेले बिरोध गरेको भन्दै उहाँले भारत र चीन शक्तिशाली राष्ट्रमा बिचमा रहेको नेपालको संबेदनशिलताको समेत ख्याल नगरी असंलग्न परराष्ट्र नीति विपरित नेपाली भूमि बिदेशीलाई प्रयोग गर्न दिएर सैन्य अखडा बनाउन गठबन्धन सरकारले सहमति गरे पनि एमालेले प्रतिरोध गरेको बताउनु भयो ।
गठबन्धन सरकारले एमसीसीको व्याख्यात्मक टिप्पणी भनेर पुच्छर गाँसेर पास गरेपनि त्यो पुच्छरलाई अमेरिका र एमसीसीको मुख्यालयले स्वीकार नगरेको भन्दै उहाँले गठबन्धनले गरेको काम र ओलीले गरेको कामको गम्भिर रुपमा मूल्यांकन गर्ने बेला आएको बताउनु भयो ।

केपी ओली प्रधानमन्त्री हुँदा ६५ वर्षदेखि हराएको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन चुच्चे नक्सा ल्याए पनि गठबन्धन सरकारले त्यसलाई बुच्चे बनाएको, भारतले नेपाललाई नाकाबन्दी लगाउँदा त्यो नाकाबन्दी हो भन्न नसक्ने दलहरुहरु राष्ट्रवादी हुन नसक्ने बताउनु भयो ।
केपी ओलीको अडानले भारतले नाकाबन्दी खोलेपछि बिकासका नयाँ अबधारणाहरु जन्मिएको चर्चा गर्दै उहाँले केरुङ काठमाडौं राजमार्ग, रक्सौल काठमार्डौ रेलमार्ग, पाइपबाट पेट्रोलियम पदार्थ ल्याउने कुरा त्यही अबधारणाबाट जन्मियो, ग्यास पाइपबाट ल्याउने, प्रशान्त महासागर र हिन्द महासागरमा नेपाली झण्डा भएका पानी जहाज चलाउने, कर्णाली, कोशी र नारायणी नदीमा डुड्गा चलाउने अबधारणा त्यहीबाट जन्मिएको बताउदै नेता बस्नेतले भन्नुभयो, “केपी ओलीको त्यस्ता कदमको बिरोध गर्नेहरुले नै अहिले जनतामा भ्रम फिजाइरहेका छन्, नेपालले अधिकार प्राप्तिका लागि कदम चाल्दा अधिकार प्राप्ति लागि आँखामा आँखा जुधाएर छिमेकी राष्ट्रसँग कुरा गर्ने हैसियत राख्ने पार्टी एमाले मात्रै हो ।”
केपी ओली नेतृत्व सरकारले कृषिमा यान्त्रिकरण, आधुनिकिकरण र बैज्ञानिकरण गर्ने अभियान ल्याएको बताउदै उहाँले युवाहरुलाई सर्टिफिकेट धितो राखेर व्यवसाय गर्ने, विदेशबाट र्फिर्कएकाहरुका लागि सहुलियतमा, महिलाहरु उद्यमी, दलित उद्यमी, किसान र कृषि क्षेत्रमा काम गर्ने कृषकहरुलाई १५ लाखदेखि २ करोडसम्म बिना धितो ६ प्रतिशतमा ब्याजमा ऋण दिने कार्यक्रम ओलीले ल्याएको र अहिलेको गठबन्धन सरकारले यी सबै योजना खारेज गरेर ऋणमा १८ प्रतिशतसम्म ब्याज पुृर्याएर जनताको ढाड सेक्ने काम गरेको र मंहगी ४०० प्रतिशतसमम बढाएर जनतालाई मारमा पारेको चर्चा गर्नु भयो ।
उहाँले बिभिन्न मेशिन र औजारमा ५० प्रतिशत छुट, मलमा ७५ प्रतिशत छुट, बिउबिजनमा छुट, औद्योगिक यान्त्रिक प्रबिधिमा छुट, थोपा सिंचाई प्रबिधिमा छुट ओली सरकारले गरेको चर्चा गर्दै प्रचण्डका घरभेटी शारदा अधिकारीले धोका दिएर मल ल्याउन नसके पछि ओलीले सिधै बंगलादेशको प्रधानमन्त्रीसंग फोन गरेर जिटुजी मार्फत मल ल्याएर सबै किसानलाई सहुलयितमा मल वितरण गरेको बताउनु भयो ।
ओलीले त्यस लगत्तै मलको समस्या नहोस भनेर १० अर्ब बजेट छुट्याएर भारतसँग जिटुजी गरे पनि गठबन्धन सरकारले त्यही मल पनि ल्याउन नसक्दा अहिले किसानहरु ब्ल्याकमा मल किन्न बाध्य भएको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन सरकारले किसानलाई मल समेत किन दिन नसकेको भनि प्रश्न गर्नु भयो ।

केपी ओलीले दैनिक ज्यालादारी गर्ने मजदुरको तलब सात हजारबाट बढाएर मासिक रु. १४ हजार पुर्याएको, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेर स्थानीय तहको बिकाससंग जोडेर गरिबलाई रोजगार दिने र मासिक प्रतिव्यक्ति १४ हजार ५०० दिने ब्यबस्थापन गरेको, तत्कालिन प्रधानमन्त्री मनमोहन भट्टराईले बृद्धभत्ता १०० बाट सुरु गरेको र ओलीले सो भत्तालाई ४००० पुर्याएको, शिक्षक, निजामति, सेना, पुलिसले मात्रै पाउने पेन्सन तथा उपदानलाई निजी क्षेत्रमा समेत लागू गराउदै सामाजिक सुरक्षा कोषबाट व्यबस्था गर्ने कार्यक्रम ल्याएर धेरै नेपाली लाभान्वित भएको बताउनु भयो ।
ओलीले सडक मानव रहित अभियान चलाए नेपालमा रहेको एक करोड एक लाख माग्ने, उपत्यका भित्र मात्रै एक लाख माग्ने रहेकोमा सबै माग्नेहरुले खान पाउने व्यबस्था गरि सडक मावनहरुलाई मानव सेवा केन्द्रमा राखेकोमा अहिले गठबनधनको पालामा फेरी सडकमा माग्ने देखिन थालेको माग्नेहरुको देश बनाउन सरकार लागिरहेको बताउनु भयो ।
ओलीकै पालामा तुईन बिस्थापित गरेर झोलुडे पुल बनाएको, भिमसेन थापाले बनाएको धरहरा भूकम्पमा भत्के पछि पुनः ओलीकै पालामा बनाएको, प्रताप मल्लले बनाएर जीर्ण भएको रानीपोेखरी हुलाकी राजमार्ग बनाउने थालनी ओलीले नै गरेको बताउनु भयो ।
मधेश आन्दोलनमा पहाडका साथीहरु लखेटिएको दिन स्मरा गर्दै नेता बस्नेतले भाग्ने ठाउँ नभएर पहाडीयाले कौडीको मूल्यमा जग्गा बेचेर मधेश छोड्नु पर्ने अबस्थामा तराई र पहाडलाई जोडन भित्री सडकको रुपमा ओलीले मदन भण्डारी राजमार्ग निर्माण गराएको बताउनु भयो ।

यसअघि मधेश आन्दोलनमा टोपी लाएर गएको मान्छे त्यहाँ पुगे पछि मात्रै टोपी खोल्नु पर्ने अबस्थाको अन्त्य गरेको बताउदै उहाँले मधेशलाई एक मधेश एक प्रदेश दिने होइन, मधेश र पहाडलाई एक बनाउन ओलीलाई साथ दिएर सद्भाव जोगाउने काममा महेश बस्नेत साथ दिएको बताउनु भयो ।
कथित जनयुद्धको नामाममा माओवादले हत्या, हिंसा, लुटपाट गर्नेलाई मूलधारमा ल्याउन, देश बिखण्डनको कुरा गर्ने सिके राउतलाई र बिद्रोहको कुरा गर्ने विप्लबलाई शान्तिपूर्ण वार्ताबाट मूलधारको राजनीतिमा ल्याउने व्यक्ति पनि केपी ओली नै भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “ माओवादी र वाईसिएलको नाममा कुटपिट गर्ने, धम्की दिने, चन्दा आतंक मच्चाउने, अपहरण गर्ने कार्यलाई रोक्न मैले युथ फोर्सको नेतृत्व गर्दै त्यस्ता व्यक्ति र समूहलाई साइजमा ल्याउने काम गर्दा मलाई गुण्डागर्दी गरेको भन्ने ? अनि गुण्डागर्दीको संरक्षण गर्ने तिमीले जिते क्रान्ति, हामीले जिते गुण्डा, यस्ता काइते प्रपोगाण्डा, पराजयको मानसिकता मात्रै हो ।”
मधेशवादी दल फुट्ने अबस्थामा पुगेपछि उपेन्द्र यादवको पार्टीबाट १२ सांसद र केही कन्द्रीय सदस्यले बिद्रोह गर्ने अबस्थामा पुगेपछि उनीहरुसँग पटक पटक छलफल गरेर सुरेन्द्र यादव, उमाशंकर अग्रहरीलगायतसंग समन्वय गरेर काठमार्डौसँगै आएपनि बाबुराम भट्टराईको प्रपोगाण्डाले अपरहणको आरोप लगाएको चर्चा गर्नु भयो । अहिले मधेश र पहाडको सम्बन्ध नयाँ उचाईमा आएको चर्चा गर्दै उहाँले अपहरणको आरोप लगाउनेहरु आज एमालेमा आएको र एमालेकै साथ खोजेको बताउनु भयो ।
ख्वप कलेज बनाउन सहकार्य गर्छौ भनेर भाषण गर्नेहरु नै चाँगुनारायण इन्जिनियरिड कलेज बेचेर निजी बनाएर १० करोड कमिसन खाने खेलमा लम्बोदर न्यौपानेसँग साँठगाँठ गरिरहेको बताउदै उहाँले नेमकिपाले एमालेसँग समन्वय गरेर गएमा ख्वप कलेजलाई ख्वप विश्ववद्यालय बनाउन सकिने बताउनु भयो ।
ख्वप विश्वविद्यालय बनाउन एमाले सहयोग र समन्वय गर्न तयार रहेको भन्दै उहाँले ख्वप कलेज विश्व विद्यालय बन्छ, त्यसको लागि एमालेसँग समन्वय गर्नु पर्छ भन्दै उहाँले यसका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।
नेता बस्नेतले भन्नुभयो, “नेमकिपाले सहकार्य गरोस्, वामपन्थी भएकै आधारमा स्थानीय तहमा पनि सहकार्य गर्न प्रस्ताव गरेकै हो । त्यसैले विकासका लागि नेमकिपाले एमालेको अस्तित्व स्वीकार्न सकोस्, क्षेत्र नं. १ नं.मा नेमकिपा जति बलियो छ, त्यति नै २ नं.मा एमाले बलियो छ ।”
उहाँले प्रदेश सभा २ (क) को एमाले उम्मेदवार चन्दनकृष्ण श्रेष्ठले नगदेश माविमा १३ वर्ष पढाउनु भएको भन्दै श्रेष्ठले आफूले नेपाल कोरिया मैत्री नगर अस्पतालमा सुरुमै कोइकासँग छलफल गरि १३ करोड बजेट ल्याएर अस्पताल स्थापना गरेको चचौ गर्नु भयो । त्यही अस्पताललाई नगर प्रमुख हुँदा मदन सुन्दर श्रेष्ठले आधनुकि बनाउने काम गरेको, अस्पतालमा अक्सिजन, पिसिआर ल्याबको स्थापना गरेको, दिनको १२ सयसम्म बिरामीको उपचार गर्ने अस्पताल एमालेकै मदन सुन्दरले गरेको चर्चा गर्नु भयो ।
प्रदेश सभा उम्मेदवार चन्दन कृष्ण श्रेष्ठले थिमिको बालप्रेमी स्कूलमा नौ करोड बजेट ल्याएर चार वटा अत्याधुनिक विद्यालय भवन र सामग्रीहरु राख्न सफल भएको भन्दै उहाँले शिक्षासेवी उनले चाणक्य कलेज सञ्चालनमा ल्याएर भक्तपृरमै सस्तो र गुणस्तरीय शिक्षा दिएको, गरिब विद्यार्थीलाई निःशुल्क पढाइरहेको बताउनु भयो ।
नेपाल औषधि लिमिटेडको अध्यक्ष भएपछि बन्द भएको सिटामोलदेखि जीवनजलसम्म उत्पादन गराउन सफल भएको, शंखधर साख्वा प्रतिष्ठानको अध्यक्ष भएर सामाजिक कार्यमा सक्रिय रहेको, घरेलु तथा साना उद्योग महासंघको उपाध्यक्ष रहेको बताउदै सरकारी पैसा कुम्ल्याउने व्यक्ति उहाँ नभएको बताउनु भयो ।
चन्दनकृष्ण श्रेष्ठ मध्यपुरथिमिले छान्नु पर्ने उत्कृष्ठ उम्मेदवार र अनुहार हो भन्दै उहाँले यो कुरा मध्यपुरका बासिन्दाले बुझ्नु पर्ने औल्याउनु भयो । कुनै समस्या परेका मानिस उहाँकोमा पुगे त्यसको समाधान गर्न दिलो ज्यानले लाग्ने व्यक्ति भएको बताउनु भयो ।
नेता बस्नेतले मध्यपुरबाट नेवार समुदायबाट निरन्तर सामाजिक सेवामा लागिरहेकी शकुन्तला श्रेष्ठलाई उठाएको, प्रजापरिषद नेपालको राजनीतिक आन्दोलनको इतिहास बोकेका बौद्धिक क्षेत्रको व्यक्तित्व गोविन्दप्रसाद दुलाललाई समानुपातितर्फको उम्मेदवार बनाएको बताउनु भयो ।
एमालेले हर क्षेत्र हर पाटोमा ध्यान दिएर उम्मेदवार उठाएको बताउदै उहाँले केही लिन होइन हामी सम्पूर्ण जीवन तपाईहरुलाई दिन आएका हौ भन्नुभयो । उहाँले भन्नुभयो, “अहिले त घरमा पनि भात राख्न छाडिसके, घर परिवारले मलाई जनताको जिम्मा लगाइसके, भोट दिनु भयो भने तपाईको साथमा रहेर बाँकी भएका बिकासका सबै काम पुरा गर्नेछौ, हनुमन्ते, मनोरहा करिडोर बनाउने छौँ, त्यहाँ भएका जग्गा धनीहरुलाई उचित क्षतिपूर्ति दिनेछौ । कसैको कुरा सुन्न, कसैको भ्रममा पर्न आवश्यक छैन । हामी कसैलाई पनि अन्याय गर्दैनौ ।”
उहाँले गठ्ठाघरमा पाँच हजार क्षमताको सभा हल, भक्तपुरमा रंगशाला, प्राणी उद्यान, जगातीमा सबै सरकारी कार्यालय रहने गरिएकिकृत सरकारी कार्यालय, बीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रलाई मुटु, कलेजोसहितको उपचार गर्ने अत्याधुनिक अस्पताल बनाउने, थिमिमा छाती रोग अस्पताल सञ्चालनमा ल्याउने, क्यान्सर अस्पताललाई आधुनिकिकरण गर्ने, यहाँका उत्पादनहरु, तरकारीहरु, धातुकलाहरु, काष्ठकलाहरु, छोइला, कचिला, अइला यी सबैलाई ब्राण्ड बनाएर व्यापारीकण र बजारीकरण गर्दै पर्यटकहरुलाई आकर्षण गरि रोजगारी बृद्धि गर्ने योजना अगाडि सारेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “निलबाराहीदेखि दक्षिणबाराही क्षेत्रलाई बिशेष सम्पदा क्षेत्र घोषणा गरेर पर्यटकीय आकर्षका क्षेत्र बनाउँछाँै । नेमकिपासँग सहकार्य गरौ, भक्तपुर आएका पर्यटक मध्ये आधा पर्यटक मध्यपुरथिमि ल्याउने कुरामा सहकार्य गरौ, मध्यपुरमा पनि ५० करोड रुपैया आम्दानी हुने बनाऔ, भक्तपुर घुम्न आएको पर्यटक बोडेमा आओस, यहाँका सम्पदा हेरोस, टिगनीको चिउरा खाओस्, यहाँको छाइला खाओस्, यहाँको बजी खाओस्, अइला खाओस, यहाँका नीलबाराही नाच बिभिन्न नाचहरु हेरोस्, नाचोस् रमाओास्, बेलुका यहाँको फल्चामा बसेर भजन गाओस, यही बनेका होटलहरुमा एक रात बसोस दुई रात बसोस, आर्थिक अबस्था उकास्न सहयोग गरोस, यहाँ होमस्टेहरु सञ्चालनमा आउन्, परम्परागत घरहरुमा पर्यटनहरु बसुन्, यो योजना हामीसँग छ, हामी काम गर्छौ, एमालेका बिरुद्ध फैलाइएको भ्रमलाई चिर्नु आवश्यक छ ।”
सम्बृद्ध, सुरक्षित, उज्यालो, हरियायुक्त, सामाजिक सद्भाव भएको जिल्ला, रहरलाग्दो, लोभलाग्दो, देशकै नमूनाको भक्तपुर जिल्ला बनाऔ, त्यसका लागि मतदाताको साथ आवश्यक पर्ने उहाँले बताउनु भयो ।

