बिहिबार, साउन २८, २०८३ | Thu August 13, 2026


गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य मन्त्री थापाद्धारा रक्तदान

गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य मन्त्री थापाद्धारा रक्तदान



हटौडा । १८औं गणतन्त्र दिवसको अवसरमा वागमति प्रदेशको स्वास्थ्य मन्त्रालयले रक्तदान शिविर, भिमफेदी कारागारमा रहेका बन्दि कैदीहरुका लागि स्वास्थ्य शिविर र प्रदेश सभा हलमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको मुख्य मन्त्री बहादुरसिंह लामा, स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गर्नुभयो । रक्तदान कार्यक्रममा मन्त्री थापाले रक्तदान समेत गर्नुभयो । त्यसअवरमा स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मुख्य मन्त्री लामा, स्वास्थ्य मन्त्री थापा लगायतले प्रदेश सरकारले गरेको विकासका कार्यक्रमहरु जानकारी गराउदै गणतन्त्र स्थापना पछि देशले मुहार फेरेको र गाउँगाउँसम्म विकास पुगेको चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर अस्पतालमा भव्य स्वागत कार्यक्रमकाबीच अध्यक्ष शशीजंग थापाद्धारा पदभार ग्रहण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित