शनिबार, बैशाख १३, २०८२ | Sat April 26, 2025


नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान



बुटवल, चैत ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच उपमहानगरपालिकाले मल्ललाई नगद ५० हजारसहित सम्मान गरेको हो ।

मेयर खेलराज पाण्डेले मल्ल बुटवलका बासिन्दा भएकाले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बुटवलको पहिचान बढाउन योगदान पुर्याएको बताए ।

क्रिकेट, फुटबल र अन्य खेलबाहेक बुटवलका खेलाडीले राष्ट्रिय स्तरमा पनि आफ्नो नाम कमाएको छ । मेयर पाण्डेले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा बढी विनियोजन गरिएको बताए ।

‘उपमहानगरपालिकाले देशका लागि खेल्ने खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ,’ पाण्डेले भने ।उपमहानगरपालिकाले पूर्व क्रिकेटर तथा कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई पनि सम्मान गरेको छ ।

कुशल बुटवल–११ देवीनगरका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  आयल निगमको धनगढी डिपो गोदावरीमा स्थानान्तरण गरिँदै: साढे ३ अर्बको लागतमा स्मार्ट डिपो बन्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित