मङ्लबार, साउन २६, २०८३ | Tue August 11, 2026


नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा दुई पक्राउ

नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा दुई पक्राउ



काठमाडौं, २२ पुस । नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिकाका ३८ वर्षीय सुदीप थापा र सप्तरी घरभई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार थापाले प्रहरी निरीक्षकको पोसाक लगाई नक्कली परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँगको फोटो देखाई सम्पर्क रहेको र वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

मार्सल प्रिन्टिङ प्रेसका संचालक समेत रहेका चौधरीले किर्ते गरी परिचयपत्र बनाएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरी निरीक्षकको परिचय पत्र, पोसाकसहितका तस्बिर र मोबाइल बरामद गरिएको छ । उनीहरूलाई ठगी तथा लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सानदार मःम पसलमा आगलागी ११ जना घाइते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित