मङ्लबार, अशोज ६, २०८३ | Tue September 22, 2026


स्वास्थ्य मन्त्री किरण थापको निर्देशनमा सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण एवं औषधि वितरण

स्वास्थ्य मन्त्री किरण थापको निर्देशनमा सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण एवं औषधि वितरण



भक्तपुर, ३१ असार : सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टरबाट भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरिएका सुकुम्बासी परिवारहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको निर्देशनमा भक्तपुर अस्पतालको मेडिकल टोली परिचालन गरी खरिपाटी र बोडेमा स्थानान्तण गरिएका सुकुम्वासीहरुको दुई दिनदेखि नियमित स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “भक्तपुरको खरिपाटी र बोडेमा ल्याईएका सुकुम्वासीहरुको स्वास्थ्यमा समस्या छ भन्ने जानकारी उनीहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा दुई दिनदेखि भक्तपुर अस्पतालको स्वास्थ्य टोली नै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधि दिने कार्य गरिरहेको छ, हामी त्यहाँ चिकित्सकसहितको टोली राखेर दैनिक स्वास्थ्य परीक्षण र औषधि वितरण गराईरहेका र्छौ ।”
परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीहरूलाई भक्तपुर अस्पताल ल्याएर थप उपचार गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सामाजिक सञ्जाल नियमन गर्न विद्येयक आवश्यक ः नेता महेश बस्नेत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित