शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


जगाती डोलेश्वर आशापुरी काक्राबारी हुदै साँगा सडक १६ करोडको लागतमा निर्माण सुरु, मन्त्रीद्धयद्धारा शिलन्यास

जगाती डोलेश्वर आशापुरी काक्राबारी हुदै साँगा सडक १६ करोडको लागतमा निर्माण सुरु, मन्त्रीद्धयद्धारा शिलन्यास



भक्तपुर, २ जेठ : बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पुर्वाधार विकाश मन्त्रालयबाट बिनियोजित १६ करोड बजेटको लागतमा भक्तपुरको जगाती डोलेश्वर आशापुरी काक्राबारी साँगा झोलुङे पुल सडक शिलन्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ को दुर्गम बस्तीलाई जोडने यो सडकको बागमती प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री अमनकुमार मास्के र वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।

कार्यक्रममा मन्त्री मास्केले दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षिय आयोजना अन्तर्गत सुरु भएको सडक निर्माणले यहाँको पर्यटन विकासमा टेवा पुग्ने बताउदै यस क्षेत्रका नागरिकको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले उक्त सडक निर्माण पुरा भएसंगै यो क्षेत्र धार्मिक पर्यटकको मुख्य केन्द्र विन्दु बन्ने बताउनु भयो । उहाँले अहिले जगातीबाट डोलेश्वरहुदै आशापुरी जादा गाडी फर्केर नआएसम्म के भयो होला भनेर डराउनु पर्ने अबस्था रहकोमा अब केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर आउने धार्मिक पर्यटकलाई सहज रुपमा पौराणिक इतिहास बोकेको आशापुरी मन्दिर पुग्न सक्ने बताउनुभयो ।

शहरी विकास मन्त्रालयबाट २ करोड ५५ लाख विनियोजित बजेटबाट जगातीबाट गणेश स्कुलहुदै डोलेश्वर जाने सडकको समेत स्तरोन्नती सुरु भएको उहाँले बताउनुभयो ।
उहाँले यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रको विकास गर्न सकिने बताउदै मन्त्री थापाले भन्नुभयो, ‘२०६२ साल अगाडि यो क्षेत्रमा सडक पुगेको थिएन । त्यसबेलामा म तत्कालिन जिल्ला विकास समितिको सदस्य थिए, त्यहीबाट बजेटको व्यबस्थापन गरेर सुरु गरेको सडक अहिले आठ मिटरको चौडासहित कालोपत्र हुने भएपछि यहाँको मन्दिर र स्थानीयवासीलाई निकै सहज हुने छ ।’

विकट मानिने यो क्षेत्रमा बाटो, खानेपानी, स्वास्थ्य र शिक्षा पूर्वाधारमा सम्पन्न बनाउदै यहाँका वासिन्दालाई कृषि, पर्यटन र होमस्टे मार्फत स्वरोजगार बनाउन सफल हुने बताउनुभयो । कार्यक्रममा वडा नं. ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले सिपाडोल, काक्रावारीका बिकट क्षेत्रको मुहान फेरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सरकारद्धारा निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित