मङ्लबार, साउन २६, २०८३ | Tue August 11, 2026


लुम्बिनी प्रदेश सरकारले चैत २३ गते लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ आयोजना गर्ने

लुम्बिनी प्रदेश सरकारले चैत २३ गते लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ आयोजना गर्ने



बुटवल, चैत २२ । लुम्बिनी प्रदेश सरकारले चैत २३ गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ गर्ने भएको छ ।

प्रदेश सरकारले नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा आगामी चैत २३ गते अन्तर्राष्ट्रिय खेलकुद दिवस फर डेभलपमेन्ट एन्ड पिसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

लुम्बिनी प्रदेश परिषद्का अनुसार बुटवलमा सम्पन्न बैठकले खेलाडीको हौसला बढाउन विभिन्न खेलकुद प्रतियोगितासँगै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशमा खेलकुदको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गर्दै खेलकुद क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित