आइतवार, चैत्र ९, २०८१ | Sun March 23, 2025


सिनामंगलको होटलमा मृत भेटिए युवा युवती

सिनामंगलको होटलमा मृत भेटिए युवा युवती



काठमाडौं, ९ मंसीर । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवक र युवती मृत भेटिएका छन् । सिनामङ्गलस्थित एक होटलमा आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८:४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा उल्लेख छ ।

प्रहरीले अहिले उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत टोली खटाएर थप अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  राती जगातीमा दुर्घटना एकको मृत्यु, दुई घाइते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित