बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन प्रधानमन्त्री दाहालको निर्देशन



भक्तपुर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नव आयुक्त सैनिक क्याडेट अधिकृतहरुलाई सैनिक सेवाको अन्तिम घडिसम्म सेवा कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन निर्देशन दिनुभएको छ ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पुरा गरेका शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज प्रर्दशन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । उहाँले राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ठ ढंगबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुदै नेपाली सेनाको छबिलाई थप उचाईमा पुर्याउने जिम्मेवारी नव आयुक्तहरुमा थपिएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सही आँकलन गरि जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशिलता आजको आवश्यकता हो ।”

प्रधानमन्त्री दाहालले देश भित्र मात्रै नभई देश बाहिर समेत नेपाली शान्ति सेनाको रुपमा विश्वका बिभिन्न द्धन्द्धग्रस्त देशहरुमा शान्ति दूतमा रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाउन सफल भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सुरक्षा चुनौतीका साथैै भविश्यमा देखा पर्न सक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले यस तालिममा मित्र राष्ट्र बंगलादेश, श्रीलंका र जाम्बियाका एक(एक जना अधिकृत समेत यो कवाजमा सहभागि भएको र विगतमा पनि बिभिन्न मित्र राष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउदा खुसी लागेको बताउनु भयो ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ जना र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पुरा गरि आयुक्त पद प्राप्त गर्नु भएको छ । प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी तथा महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडि अवार्ड प्रदान गर्नुभयो ।

यो पनि पढ्नुहोस  सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित