बिहिबार, साउन २८, २०८३ | Thu August 13, 2026


सिथि नखःको अवसरमा वः फेस्टिभल हुने

सिथि नखःको अवसरमा वः फेस्टिभल हुने



भक्तपुर, ३१ बैशाख : नेवार समुदायका विभिन्न प्रकारका खानाका परिकार मध्येको एउटा विशेष खानाको परिकारको नाम हो वः अर्थात् बारा। यही खाद्य प्रकारको बारेमा भक्तपुरमा महोत्सव हुने भएको छ। सिथि नखः (एक प्रकारको पर्व) को अवसरमा मध्यपुर थिमिको आयोजनामा मध्यपुर पर्यटन विकास समिति संयोजनमा फेष्टिभल हुन लागेको हो। फेष्टिभल जेठ ५ गते शनिवार १० बजेदेखि बेलुकाको ७ बजेसम्म मध्यपुर थिमि नगरपालिका वडा नं ४ दुईपोखरीमा हुने छ।

वः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना) को परिकार हो। नेवा समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाकोबारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिका पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ व फेस्टिभल गर्न लागिरहेको जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे। मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देशविदेशको कुनाकाप्चा पुरयाई यहाँको हरेक ठाउँ र हरेक अद्वितीय जनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गरी मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित फेष्टिबल गर्न लागेको उनले जनाए।

मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल गर्न गइरहेको बताए। मध्यपुर थिमि नगरपालिकाबाट उपलव्ध गराउने पाँच लाख र आफ्नै लागत सहभागिता र बाकी दुईलाख मात्र स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा सात लाखको सिमाभित्र रही व फेस्टिभल गर्न गइरहेको उनले जनाए।  फेष्टिभलमा १५ वटा काठमाडौ उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानीय नेवारी आमा तथा महिला समूहलगायत आफ्नो विभिन्न परिकारका नेवारी खाना रहने छन्।

यो पनि पढ्नुहोस  चाँगुनारायण नगरपालिकामा ‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’

समितिका सचिव शिवसुन्दर श्रेष्ठले दुईपोखरीमा १५ वटा खानाको स्थल र १० वटा मध्यपुर थिमिका जनताले उत्पादन गरेका परम्परगत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्रीवितरण गर्ने स्थान उपलब्ध गराउने जनाए। यसका अलावा दिनभरिजसो नेवारी संस्कृति लगायत अन्य गीतसंगितले मनोरज्जन गराउने व्यवस्था समेत भएको उनले बताए।

के हो वः?  

नेपाल भाषाको वः शव्दको अर्थ वारा हो। यो नेवार समुदायको विशेष खानाको परिकार हो। वः अर्था्त बारा भनेको विशेष गरेर मास वा मुगीको दालबाट बनाइन्छ। यो तावामा थोरै तेल हालेर ओल्टाइपोल्टाई गरेर पकाइन्छ। वः नेवार समुदायका लोकप्रिय परिकारमध्ये एक प्रमुख परिकार हो। त्यसो भनेर यो दिनदिनै पकाएर खाइँंदैन बरु परम्परा अनुसार विशेष चाँंडपर्वहरुमा मात्रै खाइन्छ। यो सिठी नख (सिथिः नख) लगायत चाडपर्वमा सपरिवार मिलेर खाइन्छ। वः का विभिन्न प्रकारहरु छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित