भक्तपुर, २७ साउन । वागमति प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापालाई सूर्यविनायक नगरपालिकाले आज बधाई तथा शुभकामना दिएको छ । नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले मन्त्री थापालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो ।
नगर प्रमुख थापाले मन्त्री थापालाई दोसल्ला ओढाएर सम्मान गर्दै पुष्प गुच्छा एवं मायाको चिनोसमेत प्रदान गर्नु भयो । कार्यक्रममा माननीय मन्त्री किरण थापाले सूर्यविनायक नगर अस्पताललाई सुबिधा सम्पन्न अस्पताल बनाउने बताउनु भयो । सूर्यविनायकका जनताले मतदान गरेर अहिले आफूलाई यो ठाउँसम्म पुर्याएको चर्चा गर्दै उहाँले नगरवासीको शीर झुक्ने कुनै पनि काम नगर्ने उहाँले बताउनुभयो ।
उहाँले वागमती प्रदेशमा रहेका स्वास्थ्य संस्थाको विकासका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने बताउदै भक्तपुर जिल्ला भित्र रहेका सबै सरकारी एवं निजी अस्पताल लगायतका स्वास्थ्य संस्थालाई व्यवस्थितरुपमा संचालन गर्नका लागि प्रदेश सरकारले गर्नु पर्ने हरेक प्रकारको सहयोगमा पहिलो प्राथमिकता हुने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “म वडाध्यक्ष हुँदा स्थापना गरेको सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्नेछु, पूर्वबाट दैनिक हजारौ सवारी साधन आउने र यहाँ हुने दुर्घटनामा परेको विबरामीको उपचारका लागि बीर अस्पतालमा पर्याप्त ठाउँ नहुने र निजी अस्पतालले मंहगो शुल्क लिने भएकाले सरकारी स्तरमै प्रदेश सरकाबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टरसञचालनमा ल्याउने छु ।”
सूर्यविनायक नगर अस्पताल नगर भित्रको मात्रै अस्पताल नभई अरनिको राजमार्गदेखि विपि राजमार्गहुदै सवारी साधन ओहोर गर्ने मुख्य नाका भएकाले उपचारका लागि केन्द्रीय राजधानी आउने पूर्वी जिल्लाका बिरामीका लागि लक्षित गरि यस अस्पताललाई सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकास गर्दै ट्रमा सेन्टर समेत बनाइने बताउनु भयो ।
उहाँले केन्द्रीय सरकारले समयमै बिमाको रकम भुक्तानी नगर्दा जिल्ला अस्पतालहरुलाई फार्मेसी सञ्चालनमा निकै समस्या परेृको बताउदै एउटै अस्पतालमा १९ करोड रुपैयासमेत बिमाको बक्यौता बाँकी रहेकोले अस्पताललाई समस्या परेको बताउनुभयो ।
औषधि टेण्डरमा हुने आर्थिक चलखेललाई रोक्ने बताउदै उहाँले औषधिमा ७४ प्रतिशतसमेत बिलो आएर टेण्डर हुने गरेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । मन्त्री थापाले प्रदेशस्तरीय स्वास्थ्य बिधेयक छिट्टै पास गराएर जिल्ला अस्पताललाई नर्सिङ्ग कलेज सञ्चालनको बाटो खोलिदिने बताउदै प्रदेश सरकारले स्वास्थ्य क्ष्गेत्रमा छुट्याएकोृ रु. चार अर्ब आठ करोडको बजेटलाई व्यबस्थित रुपमा आवशयकताका आधारमा परिचालन गरिने बताउनुभयो ।
जिल्ला अस्पतालहरुको स्तरोन्नती गरिने, दरबन्दी थप गरिने, अत्यावश्यक प्राबिधिक सानमग्री एवं मेशिनहरु थप गरिने र जनतालाई सहज स्वास्थ्य पहुँच पुर्याउने गरि मन्त्रालय अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर अस्पताललाई सिटी स्क्यानका लागि रु. आठ करोडको टेण्डरको प्रक्रिया अगाडि बढेको, भक्तपुर अस्पतालसहित अन्य तीन अस्पतालमा मेमोग्राफी मेशिन सञ्चालनमा ल्याउन एक करोडको दरले बजेटछ व्यबस्थापन गरेका ख्वप अस्पताललाई सिटी स्क्यान सञ्चालनमा ल्याउन रु. पाँच करोडको बजेटको व्यबस्था गरेको भन्दै उहाँले वागमति प्रदेशका १३ वटा जिल्ला अस्पतालको गुणस्तरीय सेवा सहितको स्तरोन्नती गरिने बताउनुभयो ।
कार्यकम्रमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिका भित्रको स्वास्थ्य सेवामा आपसी सरसल्लाह गरेर नगरको स्वास्थ्य सेवालाई आउने दिनमा अझै बढी प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास लिएको बताउनुभयो । हिजो जस्तै आउने दिनमा पनि आपसी सहकार्य गरेर नगरको समग्र विकासमा अगाडि बढ्ने बताउनुभयो ।