काठमाडौं, १७ कार्तिक ।
सरकारले मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरू गर्ने जानकारी दिएको छ । यसका लागि यातायात व्यवस्था विभागले कात्तिकभित्रै १४ लाख कार्ड ल्याउने तयारी गरेको बताइएको छ ।
हाल विभागले विदेश जान लागेका नागरिक र सार्वजनिक सेवामा आवद्ध कर्मचारीका लागि स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । बाँकी लाइसेन्स मंसिर १ गतेदेखि प्रिन्ट सुरू गर्ने तयारी भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार लाइसेन्स प्रिन्ट सुरु भएको एक महिनादेखि नयाँ लाइसेन्स वितरण थालिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

