शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए



भक्तपुर । विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा चिकं अप्पा, फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी भक्तपुर नपाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउनुहुँदै हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई, रिलेन्टलेस जर्नी पुस्तक सामाजिक कार्यको अभिलेखीकरण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित