शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो

सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो



काठमाडौं, १० मंसीर । सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको एक हजार ९ सय ६० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  गुण्डुमा सात तोला सुन र एकलाख ५० हजार चोरी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित