मङ्लबार, जेष्ठ १२, २०८३ | Tue May 26, 2026


भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

भक्तपुरमा बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता



भक्तपुर, ८ पुस । सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ ।कोठामा सँगै बसेका कुलप्रसादका जेठा छोरा बेपत्ता छन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्री थापाद्धारा गोलबजार अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित