काठमाडौं, १० जेठ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्य मन्त्री किरण थापाले शनिवार संयुक्त रुपमा काठमाडौंको टोखास्थित टोखा चन्डेश्वरी अस्पतालको शल्यक्रिया कक्षको उद्घाटन गर्नु भएको छ ।

उहाँहरुले अस्पतालको ६ वटा कक्षहरुको उद्घाटन कार्यक्रममा वागमति प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री अमन मास्के, खानेपानी तथा सिचाइ मन्त्री श्याम खडकाका् समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्य मन्त्री लामाले वागमति प्रदेश सरकारले प्रदेशका अस्पतालहरुको स्तरोन्नतीदेखि सेवा बिस्तारमा प्रदेश सरकार लागिरहेको बताउदै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासमा सरकार सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थय मन्त्री किरण थापाले प्रदेशका अस्पतालहरुको सेवा बिस्तार, जनशक्ति व्यबस्थापनदेखि प्रबिधि एवं उपकरणले युक्त बनाएर गाउँ गाउँमा गुणस्तरीय सेवा बिस्तार गर्न लागिरहेको बताउनुभयो ।

उहाँले कोही पनि नागरिक उपचार नपाएर, औषधि नपाएर ज्यान जानु पर्ने अबस्था अन्त्य गर्न मन्त्रालय लागिरहेको बताउनुभयो । उहाँले टोखा अस्पताल सुबित्रा सम्पन्न भएको बतादै गणस्तरीय सवामा अस्पताल चुक्न नहुने बताउनुभयो । कार्यक्रममा नीति तथा योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

