आइतवार, चैत्र ९, २०८१ | Sun March 23, 2025


अधिराजकुमारी डचेस सोफीलाई मन्त्री थापा र सचिव डा. गौतमद्धारा भक्तपुर अपतालमा स्वागत

अधिराजकुमारी डचेस सोफीलाई मन्त्री थापा र सचिव डा. गौतमद्धारा भक्तपुर अपतालमा स्वागत



भक्तपुर, २३ माघ : नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डका श्रीमती अधिराजकुमारी डचेस सोफीले आज भक्तपुर अस्पतालको अवलोकन भ्रमण गर्नु भएको छ । उहाँले भक्तपुर अस्पतालको गाईनो एवं प्रसुति वार्डको अवलोकन गर्दै प्रसुति सेवाबारे बिस्तृत रुपमा जानकारी लिनु भएको थियो । डचेस सोफीले प्रसुति वार्डमा सुत्केरी महिला र नवजात शिशुको उपचारकोबारेमा चासो लिनुभएको थियो ।

प्रसुति वार्ड भर्ना भएका नवजात शिशुहरुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुर्व्यबहार र हिंसामा परेका महिलाहरुकोबारेमा चासो लिदै उहाँले हिंसा पीडित महिलाहरुको व्यबस्थापन, पारिवारिक मिलन एवं सामाजिक पुर्नस्थापनाकाबारेमा चासो लिनु भएको थियो ।
अधिराजकुमारी सोफीले अझै पनि बिना पारिश्रमिक महिला स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले पुर्याएको यागदानप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रसुति सेवामा भएको विकास र प्रबिधि एवं उपकरणकाबारेमा चासो लिनुका साथै उहाँल बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ चवन र स्तरोन्नती एवं रेक्टोफिटिङ्ग गरिएको भवनको समेत अवलोकन गर्न भएको थियो । अवलोकन पछि भएका छलफलमा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले वागमपति प्रदेश सरकारले स्वास्थ्इको क्षेत्रमा गरेको कामको जानकारी गराउदै भक्तपुर अस्पताल सेवामा देशकै उत्कृष्ठ अस्पताल बन्न सफल भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले प्रदेशका १३ वटै अस्पतालमा प्रसुति एव गाईनो वार्डलाई सुबिधा सम्पन्न र सुरक्षित सुत्केरी गराउने लागिरहेको बताउदै यहाँका अस्पतालहरुका लागि आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताउनुभयो । भक्तपुर अस्पताल ३०० शय्याको भएपछि अहिले ५० प्रतिशत शय्या मात्रै प्रयोगमा आएको बताउदै उहाँले जनशक्ति, उपकरण र भवनको व्यबस्थापन गर्न सके १०० प्रतिशत शय्या प्रयोगमा ल्याउन किने बताउनुभयो । मन्त्री थापाले अस्पतालले नर्सिङ्ग कलेजसम्म सञ्चालन गर्न लागेको जानकारी गराउनभयो ।

यो पनि पढ्नुहोस  हनुमन्ते खोलाको बितण्डा, मध्यरातदेखि भक्तपुर अस्तव्यस्त, करोडौंको क्षति

कार्यक्रममा मन्त्रालयका स्वस्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताल देशकै नमूना अस्पताल बनाउन सफल भएको बताउदै प्रदेशका सबै अस्पतालको बिकासमा मन्त्रालय जिम्मेवारपूर्ण रुपमा लागेको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजंग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका विरामीलाई सवा दिइरहेको बताउदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए बिरामीले धेरै राहत पाउने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सोफीलाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउदै आएको सेवाको बारेमा जानकारी गराउदै यौन तथा लैङ्गिक हिंसामा परेका महिलाहरुको अस्पतालले स्वास्थ्य परीक्षण उपचार गरि सेभ हाउसमा पठाउने र मनोपरामर्श दिदै परिवार एवं समाजमा पुर्नस्थापना गराउने कार्य गर्दै आएको बताउनुभयो ।

अधिराजकुमारी सोफीले एक घण्टासम्म भक्तपुर अस्पतालको सेवाकाबारेमा जानकारी लिदै विरामीहरुसंग सवाकाबारेमा समेत कुराकानी गर्नु भएको थियो । अस्पतालमा सोफीसंगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो (Diego Moroso), दूतावासका समन्वयकर्ता दीपक कार्की लगयतको टोलीले अस्पतालको अवलोकन गरेको हो ।

मंगलबार नेपाल आउनु भएका उहाँहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको बताइएको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित