आइतवार, चैत्र ९, २०८१ | Sun March 23, 2025


रफत सञ्चार क्लबको १५ औं वाषिकोत्सव कार्यक्रमको उद्घाटन

रफत सञ्चार क्लबको १५ औं वाषिकोत्सव कार्यक्रमको उद्घाटन



भक्तपुर, २३ माघ : सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा सुशासन कायम गर्न, बिकास गर्न र गलत प्रबृत्तिको अन्त्य गर्न ल्याएको अध्यादेशको नाममा राजनीति नगर्न आग्रह गर्नु भएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबको १५ औं वाषिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अध्यादेश संसद छल्नका लागि नभई छिटो कानून निर्माणका लागि भएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “अध्यादेश जनताको अधिकार खोस्न ल्याएके होइन, अहिलेको देशको संकटबाट चाडो भन्दा चाडो पार गर्न ल्याएको हो । देशको भ्रष्टाचार, कुशासन, ढिलासुस्तीका अन्त्य गर्न र विद्यमान कानुनमा सुधार गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको हो ।”

अध्यादेश संसदबाट नै पारित गर्ने भएकाले संसदलाई छल्ने कुरै नहुने भन्दै उहाँले अहिले पनि देश २०१४ साल, २०१८ सालको कानूनले देश चलिरहेकाले अहिलेको व्यबस्था अनुसार छिटो कानून ल्याउन अध्यादेश ल्याएको बताउनभयो ।

६ महिनामा गर्ने काम छ वर्ष लगाउने, ३ दिनमा हुने काम तीन महिना लगाउने, फाइल गायब पार्ने कर्मचारीतन्त्रको ढिलासुस्ती पनि अन्त्य गर्दै देश र सरकारप्रति कर्मचारीलाई जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएको उहाँले बताउनुभयो । संसदमा विधेयक, कानून बनाउन जाने भएपनि देशको गणतन्त्र आएको यतिका वर्षसम्म पनि अझै कानून बन्न सकेन, यसमा कसको कमजोरी छ, यो स्पष्ट भएको भन्दै मन्त्री गुरुङले कानून विधेयक बनाउने समितिहरुमा कोरम नपुग्ने समस्याले जटिल बनाएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “देशमा नयाँ व्यबस्था आयो तर कानून उही पुरानै छ, महेन्द्रको पालाको कानूननले अहिले पनि सत्ता चलाउन खोज्ने, यसअघि नै सबै कानून बनाएको भए, यो समस्या आउने थिएन । विधेयक बनाउने समितिमा माननीय नै हुदैनन्, कहिले कोरम पुग्दैन, संसदमा एउटा विधेयक पास गर्न ५/६ वर्ष लाग्छ, अनि कसरी हुन्छ ।”

यो पनि पढ्नुहोस  प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप

विभिन्न मन्त्रालय र कार्यालयहरुमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न आग्रह गर्नुभयो । मन्त्री गुरुङले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता हुने नसक्ने भन्दै प्रे स्वतन्त्रताको नाममा अनलाइनमा हुने छाडातन्त्र रोक्न कनून ल्याउनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धार्मिक, सांंँस्कृतिक सहिष्णुताका दृष्किोणले नेपाल सुन्दर देश हो तर केही अनलाइन सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने, जातीय र धार्मिक सद्भाव बिगार्ने कार्य गरेको देखएकाले त्यस्ताको नियमन गर्न जरुरी छ । त्यसैले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको हा, त्यो संसदमा छलफल हुन्छ, त्यसमा के हटाउन पर्ने हो, के थप्नु पर्ने हो संसदले गरे भैगयो त ।”

नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता दुष्प्रवृत्ति र दुष्प्रचार नियन्त्रण गर्न विधेयकको आवश्यकता परेको उहाँको भनाइ थियो । मन्त्रालयले आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी सुझाब माग्न लागेको बताउदै उहाँले आइटीलाई र एआईलाई उद्योगको रुपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता परेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का नेपाली कांंग्रेसका प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले देशलाई आवश्यकता परेका बेला सरकारले संवैधानिक व्यवस्था अनुरुप नै अध्यादेश जारी गर्ने गरेको बताउनुभयो ।

राष्टिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसदलाई छलेर अध्यादेश ल्याउनाले संसदको अधिकार संकुचन हनेतर्फ सरकार चनाखो हनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार टीकाराम यात्रीले पत्रकारहरु राजनीीतक दलसंग आबघ भएर संगठन खोलेर दलका भातृसंगठन बनेर पत्रकारिता दषित बनाएको आरोप लगाउनुभयो ।

रफत सञ्चार क्लबका सस्थापक एवं संरक्षक प्रेमबहादुर थापाले देश र समाजका लागि आफ्‌नो जीवनकालमा योगदान पुर्याएका सुयाँल थापाका दिवंगत परिवारका सदस्यहरुको नाममा संस्था खडा गरेर विद्यमान समाजमा अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस  कृतिम खुट्टा र ह्विल चेयर वितरण गर्दै मन्त्री किरण थापाले भन्नभयो : सामाजिक कार्य र स्वास्थ्यको बिकासमा वागमति प्रदेश सरकार निरन्तर लागिरहन्छ |

कार्यक्रममा मन्त्री गुरुडले स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मध्यपुर अस्पतालका अध्यक्ष डा. रविना प्रधानांगलाई कल्पना स्मृति पुरस्कार, पत्रकार एवं दबाब साप्ताहिकका सम्पादक अमर भुजुलाई समाजसेवी स्व. तुलबहादुर थापा एवंं ंरुपा थापा स्मृति कदर पत्र, र पत्रकार टीकाराम यात्रीलाई रफत रञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष राकेश श्रेष्ठ, रफत सञ्चार क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति सुशीलबन्धु थापाले क्लबले आगामी दिनमा सांस्कृतिक, राजनीतिक क्षेत्रमा जनजीविकाको उन्नतिका लागि थप पैरवी गर्दै जाने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित