शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


हेटौँडा अस्पतालमा आजबाट विशेषज्ञ सहितको मुटु रोग सम्बन्धी सेवा सुरु

हेटौँडा अस्पतालमा आजबाट विशेषज्ञ सहितको मुटु रोग सम्बन्धी सेवा सुरु



मकवानपुर, २७ फागुन । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा आजबाट सुरु गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन् गर्दै सेवा सुरुवात गरे ।

विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा बाध पुगेको थियो ।

टिचिङ अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डाक्टर विकेश श्रेष्ठ अस्पतालमा हाजिर भएपछी आजबाट यो सेवा सुरु गरिएको हो । यस सम्वन्धी अस्पतालमा रहेको उपकरण र डाक्टर पनि प्राप्त भएपछि सेवा विस्तार भएको हो । अस्पतालमा उक्त सेवा थप भयसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले नागरिक लक्षित गुणस्तरीय सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताए ।

उनका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ । हाल देशमा मुटु रोग सम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकारले त्यस तर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफ लागि परेको बताए । विभिन्न संघ संस्थासंगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।

हेटौँडा अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याव सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री तथा सांसद एका लाल श्रेष्ठले अस्पतालमा मुस्कान सहितको सेवा दिन आग्रह गरे । हेटौंडा अस्पतालको सेवामा धेरै सुधार भएको र अझै पनि सुधार गर्न आग्रह गरे । अस्पतालका लागि पर्याप्त बजेट छुट्याउन पनि आग्रह गरे ।

यो पनि पढ्नुहोस  नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

कार्यक्रमको अध्यक्षता गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर प्रदीप ज्ञवाली प्रादेशिक अस्पतालको सेवा बिस्तारसँगै निरन्तरता महत्त्वपूर्ण हुने बताए । सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ डाक्टरलाई अस्पतालमा २ वर्ष टिकाउन पर्ने अवस्था रहेको उनले बताए ।

उनका अनुसार नीतिगत रूपमा प्रतिष्ठानमा सङ्काय निर्माण गरेर डाक्टरको दरबन्दी कायम गर्छौ । हेटौँडा अस्पतालमा कार्डियो सेवासँगै क्याथ ल्याव निर्माणको तयारीमा प्रतिष्ठानले काम अघि बढाउने उनले बताए । अस्पताल र प्रतिष्ठानको विवाद समाधान गर्न तलव, प्रशासनिक कार्य एकद्वार बनाउने तयारी भइरहेको उनले बताए ।

स्तरीय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपयुक्त बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । आगामी वर्षबाट प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमका सञ्चालनको लागि ७५ प्रतिशत बजेट सुनिश्चित गर्नपर्ने भएकाले सरकारले उपयुक्त निर्णय गर्नुपर्नेमा उनले जोड दिए । उनले रिसर्च बेस कार्यक्रमका लागि प्रतिष्ठान तयार रहेकाले सरकारले उपयुक्त वातावरण तयार पार्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित