शुक्रबार, जेष्ठ १०, २०८२ | Fri May 23, 2025


तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता मिश्रसहित ११ जनालाई ५ दिनको म्याद थप

तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता मिश्रसहित ११ जनालाई ५ दिनको म्याद थप



काठमाडौं, १७ चैत्र ।तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको छ ।  उनीहरुलाई बयानपछि अनुसन्धानका लागि अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।

शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  फुटसल कपको खेल तालिका सार्वजनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित