शुक्रबार, जेष्ठ २२, २०८३ | Fri June 05, 2026


भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ

भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ



काठमाडौं, १८ चैत्र । राजावादीले गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाटभटेनीमा लुटपाट गर्ने उनीहरूलाई सामानसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-६ ढल्केवर घरभई काठमाडौँको कोटेश्वर-३२ बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ घरभई कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ घरभइ कोटेश्वर बस्ने सुशिला कुमाल रहेका छन् । यस्तै, सुनसरीको धरान घरभई काठमाडौं कोटेश्वर-३२ बस्‍ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्‍ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-८ घरभई कोटेश्वर बस्‍ने निर्मला कार्की, सिन्धुली तीनपाटन घरभई कोटेश्वर बस्‍ने चित्र माया बस्‍नेत र सिन्धुली तीनपाटनकै चित्र माया बस्‍नेत छन् ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भाटभटेनीबाट लुटेर लगेको सामान समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  पूर्व गृहमन्त्री लेखकलाई पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित