बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


काठमाडौंको हावा विश्वकै प्रदूषित

काठमाडौंको हावा विश्वकै प्रदूषित



काठमाडौं, २२ चैत । काठमाडौं सहर विश्वकै प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार शुक्रबार साँझ ७ बजे काठमाडौंको वायु गुणस्तर १८२ एक्यूआई पुगेसँगै विश्वकै प्रदूषित बनेको हो ।

एक सातादेखि काठमाडौंको वायु प्रदूषित विश्वकै प्रदूषित सहरमा उक्लिरहेको छ । काठमाडौंको हावा प्रदूषित बनेसँगै छाती, आँखा, नाक, कान र घाँटीका बिरामीसमेत बढेका छन् । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर बाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न, अनावश्यक प्रदूषण नफैलाउन अनुरोध गरेको छ ।

योसँगै विज्ञहरूले काठमाडौं हावाले खतरनाक तह पारगरेसँगै विज्ञले साताको दुई दिन बिदा दिनसमेत सुझाएको थियो । यसैगरी सरकारले यसमा छिटो निर्णय लिने जनाएको छ । बिहीबार काठमाडौंको वायु गुणस्तर खतरनाक तह अर्थात् ३८४ एक्यूआई पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एम्बुलेन्स/शव बहान लिएर घटनास्थल पुगे स्वस्थ्य मन्त्री थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित