शुक्रबार, बैशाख ४, २०८३ | Fri April 17, 2026


सतुंगलस्थित कपडा गोदाममा आगलागी

सतुंगलस्थित कपडा गोदाममा आगलागी



काठमाडौं, १ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थित कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको छ। अहिले आगो नियन्त्रणमा लिइएको छ । तर, आगलागीबाट के कति क्षति भएको भन्ने यकिन भइसकेको छैन।

प्रहरी प्रभाग बलम्बुका अनुसार आरआर कम्प्लेक्सको भुँइतलामा रहेको कपडा गोदाममा बिहान ५ : २० बजे अचानक आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुरबाट दकमल, नेपाली सेनाको दमकल, काठमाण्डौ महानगर पालिकाको २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी समेत खटिएर आगो नियन्त्रणमा लिएका हुन्। बिहान करिब साढे ७ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित