शुक्रबार, बैशाख ४, २०८३ | Fri April 17, 2026


बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ



बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन् ।

मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दल नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए।

बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन

नेकपा (एमाले) बाट मन्त्री हुनेहरू;

१. किरण थापा मगर, स्वास्थ्य मन्त्री

२. जयराम थापा, श्रम तथा रोजगार

३. भरतबहादुर केसी वन तथा वातावरण

४. मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री

५. विन्दु श्रेष्ठ, उद्योग मन्त्री

६. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री

कांग्रेसले पाएका अरू मन्त्रालयहरूमा मन्त्री नियुक्त गर्न बाँकी छ। मख्यमन्त्री बानियाँले सभापति शेरबहादुर देउवासँग परामर्श गरेपछि थप मन्त्री नियुक्त गर्न सिफारिस गर्ने सम्भावना छ। यसअघि बागमतीमा कांग्रेस नेतृत्वमै सरकार थियो। बहादुर सिं लामा तामाङ मुख्यमन्त्री थिए। उनले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि मुख्यमन्त्री पदबाट पनि राजीनामा दिएका थिए भने कांग्रेसका नयाँ संसदीय दल नेता बानियाँ मुख्यमन्त्री बनेका हुन्।

नेपाली कांग्रेसबाट;

१. कृष्णकुमार तामाङ, खानेपानी मन्त्री

२. शिवराज अधिकारी, मन्त्रालय तोक्न बाँकी रहेको छ । काँग्रेसमा मन्त्री बन्नहरुका आकाक्षीं धेरै भ पछि भागवण्डामा कुरा नमिलेको र भोलीसम्ममा नाम छनौट भएर सपथ ग्रहण हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरमा राष्ट्रको लागि दुई घण्टे अभियान सञ्चालन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित