मङ्लबार, अशोज १३, २०८३ | Tue September 29, 2026


एमाले अध्यक्ष ओलीले भने : सुशीला कार्कीको डरले केपी ओली भाग्दैन, गृहमन्त्री बाबु धेरै नचम्किनू

एमाले अध्यक्ष ओलीले भने : सुशीला कार्कीको डरले केपी ओली भाग्दैन, गृहमन्त्री बाबु धेरै नचम्किनू



भक्तपुर, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीाबर गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले आफूलाई काठमाडौँ भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए।

आफू प्रधानमन्त्री सुुशीला कार्कीसँग नडराउने समेत ओलीको भनाइ छ। ‘मेरो पासपोर्ट रोक्का गर्ने?अर्को तमासा के गर्नु भयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने,’ ओलीले भने, ‘केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न पाईने किन नपाइने। त्यो पनि थाहा छैन। पानीढलको सीमाना वा। यो तमासा नभए, सडक तमासा नभए के हो यो? सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोच्या छ? अहिलेको गृह मन्त्रीको त मैले नाम पनि सुनेको थिइन। गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी बिज्ञान प्रतिष्ठानबारे चासो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित