शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने : जेनजी हाम्रो परिचय होईन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने : जेनजी हाम्रो परिचय होईन



भक्तपुर, २३ असोज ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी हाम्रो परिचय नभएको बताएका छन् । आज भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए । उनले भने, ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’, ।

पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए । उनले भने, ‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दुर्गा प्रसाईँलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ? : केपी शर्मा ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित