शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


खेलाडी उत्पादन गर्दै सूर्यविनायक नगरपालिका, निःशुल्क प्रशिक्षण सुरु

खेलाडी उत्पादन गर्दै सूर्यविनायक नगरपालिका, निःशुल्क प्रशिक्षण सुरु



भक्तपुर, २५ असोज ।  सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिवार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा ज्यू रहनुभएको थियो।

उद्घाटन समारोहमा उपप्रमुख सरिता भट्टराई, विभिन्न वडाध्यक्षहरू, कार्यपालिका सदस्यज्यूहरू, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा सदस्यज्यूहरू, नगर खेलकुद विकास समितिका पदाधिकारीहरू, प्रशिक्षक, अभिभावक र अन्य व्यक्तित्वहरूको समेत विशेष उपस्थिति रहेको थियो।उक्त निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रममा ४ वर्षदेखि १६ वर्ष उमेर समूहका १३२ जना बालबालिका सहभागी भएका छन्। कार्यक्रमका मुख्य प्रशिक्षक गंगाराम देउजा ज्यूका अनुसार प्रशिक्षण हरेक शनिबार बिहान ७स्३० बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।

कार्यक्रमका क्रममा नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापा ज्यूले यस प्रशिक्षणले बालबालिकालाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमले फुटबल खेलप्रति बालबालिकामा आकर्षण बढाउँदै भविष्यमा प्रोफेसनल खेलाडी उत्पादनमा टेवा पुग्ने आशा पनि व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि नगरप्रमुख वासुदेव थापा ज्यूले खेलकुदको विकासका लागि नगरपालिका सधैं तत्पर रहेको बताउँदै खेलाडीका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने, खेलमैदान निर्माण र खेलकुद पूर्वाधार विकासमा नगरपालिकाले निरन्तर साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  क्यानले कारबाही गरेका चार जनासहित ११ खेलाडी गएनन बन्द प्रशिक्षणमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित