भक्तपुर, । मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक गेट । दिउँसो तीनबजेदेखिनै स्थानीयले हातमा माला, खादा, र अबिर बोकेर विकासप्रेमी नेता आउँदैछन् भन्दै पर्खिबसेको देखिन्थ्यो । स्थानीय महिला पुरुषहरुघरदैलो अभियान मार्फत जनताको घरटोल पुगेर भोट माग्न निस्किनु भएका बस्नेत गेट पुग्ने बित्तिकै स्थानीय महिला पुरुषले भव्य स्वागत गरे । त्यसपछि सुरु भयो नगदेशको घरदैलो अभियान ।

नगदेशमा कतै चौम्सुर पालुङो त कतै सलगम मुला, कतै साग त कतै धनियाँ, कतै हरियो प्याज त कतै हरिया लसुन केलाउन, बजार लाने व्यबस्था गर्न धेरै किसान व्यबस्त देखिन्थे । जब महेश बस्नेत कार्यकर्तासंगै घरदैलोमा पुगे तब प्रफुल्लित किसानहरुले गर्दै गरेको काम छाडेर भेट्न, आफ्ना कुरा सुनाउने गरेका थिए । देश बचाउनका लागि भए पनि महेश बस्नेतलाई मतदान गर्ने स्थानीयले प्रतिबद्धता गरे ।

स्थानीयले पक्कि सडक, खानेपानी र किसानका लागि आवश्यक सहुलियत अब बन्ने सरकारले व्यबस्थापन गर्नुपर्ने सुनाए । नेता बस्नेतले आफू अधूरा काम सम्पन्न गर्न फेरी एक पटक जनताको घरदैलोमा आएको सुनाउनु भयो ।

नगदेशवासीले चुनाब अगाडि भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई मतदान गरेर मतलाई खेर नफाल्ने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार बस्नेतलाई नगदेशका मतदाताले देश विकास र संकटलाई पार लाउँन एक पटक महेश बस्नेतलाई नै मतदान गर्ने बताए ।

मतदातासंग कुरा गर्दै उम्मेदवार एवं नेता महेश बस्नेतले गतवर्ष आफ्नाबारेमा भ्रम फैलाईएको तर यस वर्ष भ्रम फैलाएपनि त्यसलाई जनताले विश्वास नगरी मतदान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले मतदाताले यसवर्ष भोट हाल्ने प्रतिबद्धत मात्रै नभई हौसला पनि प्रदान गरेकाले २०७४ कै परिणामलाई हात पार्ने बताउनुभयो ।

अबको निर्वाचनमा नेकपा एमालेको बहुमत तहमा पुगेको छ । विशेष गरेर अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल र नेपाललाई युद्धभूमि बनाउने षडयन्त्रको बिरुद्ध ०८४ मा हुनु पर्ने चुनाबलाई ०८२ मा ल्याउन देशको शासन चाहने, शान्ति चाहने, राष्ट्रवादी, जनवादी, लोकतन्त्रवादी , प्रगतिवादी विकासप्रम् िर शुसासन चाहनु पर्छ भनेर एमाले सशक्त ढंगले चुनाबमा अगाडि बढेको छ । नेपाली जनतालाई अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेपलाई चिनाउन र ुझाउन आवश्यक भने रहेको छ ।

उहाँले आफू शक्तिमा रहेर शासन गर्ने लक्ष्य लिएर भन्दा पनि अबको पाँच वर्ष जनताको सेवा गर्ने भनेर जनतामाझ आएको बताउनुभयो । निर्वाचन पछाडि मन्त्री भइयो भने धेरै भन्दा धेरै र छिटो विकामिा केन्द्रीत हुने बताउदै नभए पनि जनताको सेवक भएर काम गर्ने बताउनुभयो । नगदेशको घरदैलोमा सहभागि स्थानीयले ठाउँठाउँमा स्वागत गर्दै भोट एमाले र सूर्यमै दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।


