शनिबार, चैत्र १४, २०८२ | Sat March 28, 2026


वागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा प्रादेशिक अस्पताल, आर्युेवेदिक अस्पताल एवं जनस्वास्थ्य कार्याल्यको अनुगमन, काम नगर्नलाई कारबाही गर्न निर्देशन

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा प्रादेशिक अस्पताल, आर्युेवेदिक अस्पताल एवं जनस्वास्थ्य कार्याल्यको अनुगमन, काम नगर्नलाई कारबाही गर्न निर्देशन



रमेश गिरी
राष्ट्रिय समाचार समिति (रासस) ः
भक्तपुर, १२ चैत । वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयदेखि जिल्ला आर्युवेदिक अस्पतालको अनुगमन एवं निरक्षिण सुरु गरेको छ ।
आज स्वास्थ्य मन्त्री किरण थापामगरको नेतृत्वमा स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झालगायतको टोलीद्धारा अनुगमन सुरु गरेको हो ।
आज ललितपुरको प्रादेशिक अस्पतालको रुपमा सञ्चालित बज्रबाराही चापागाउँ अस्पतालको सेवा सञ्चालन र प्रदेश मन्त्रालयको करिब १४ करोडको बजेटमा निर्माण भइरहेको अस्पतालको नवनिर्मित भवनको मन्त्रीको टोलीसहितले अनुगमन एवं निरीक्षण गर्नु भयो ।
मन्त्री थापामगरले नवनिर्मित भवनमा केही संरचना अपुग र अब्यबस्थित भएको भन्दै निर्माण सम्पन्न हुनु अगावै त्यस्ता संरचनालाई सच्याउन निर्देशन दिनुभयो । उहाँले ललितपुरको दुर्गम क्षेत्रका बासिन्दालाई समेत गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. लक्ष्मण खड्कासहितको टोलीलाई निर्देशन दिनुभयो ।
मन्त्री थापामगरले भन्नुभयो, ‘बज्रबाराही अस्पताल २५ शय्याको स्वीकृत भएपनि सबै शय्या सञ्चालन हुन सकेको छैन, प्रदेश स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई छिट्टै ५० शय्यामा बिस्तार गर्दै छौं, यही अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्न एनेस्थियएन डाक्टर समेत पठाउदाँ पनि सेवा सुरु हुन सकेको छैन, त्यसैले तत्काल सेवा सुधार्नस् ।’
सेवा सुधार्न, पूर्ण रुपमा सेवा सञ्चालन गर्न, शल्यक्रिया सेवाहरु सञ्चालन गर्न निर्देशन दिदै उहाँले अस्पताललाई पूर्ण रुपमा सबै सेवा सञ्चालन गर्न आवश्यक उपकरण मन्त्रालयले प्रदान गर्ने बताउनुभयो । अनुगमन निरीक्षणमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले अस्पतालमा शल्यक्रिया, ल्याबलगायतका बिभिन्न सेवामा मन्त्रालयमा गुनसो आएको बताउदै सेवा सुधान नगरे कारबाही गर्ने बताउनुभयो ।
अस्पतालका विभागीय प्रमखहरुलाई समेत निर्देशन दिदै उहाँले यो भएन, त्यो भएन भनेर बाहना गर्दै सेवा प्रवाहमा आलटाल गरे कारबाही गर्ने बताउदै उहाँले मन्त्रालयले पठाएको डाक्टरले काम नगर्ने, मन्त्रालयले पठाएको तर अस्पतालले थन्क्याएको उपकरण तत्काल सञ्चालन गरेर सेवा प्रवाहमा कमी नगर्न निर्देशन दिनुभयो ।
उहाँले अस्पतालमा कर्मचारीको हाजिरी निरीक्षण गर्दै अस्पतालमा समयमै नआउने र नियमित नगर्ने कर्मचारीलाई मन्त्रालयले स्पिष्टकरण सोध्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटण्डन्ट डा. खड्काले अस्पतालमा १०० कर्मचारी रहेको र दैनिक २०० विरामी आउने गरेको बताउदै अस्पतालको सेवाकाबारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरि मन्त्री थापामगरसहितको टोलीले आजै जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको अनुगमन एवं निरीक्षण गर्नुभयो । उहाँले जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाललाई जिल्लाका दुर्गम गाउँपालिकाहरु र दुर्गम क्षेत्रहरुका बासन्दालाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्न, स्वास्थ्यको सेवाको पहुँच गाउँ गाउँसम्म पुर्याउन निर्देशन दिनुभयो । उहाँले उपचार नपाएर कसैको ज्यान जाने अबस्था नआओस भन्दै आधारभूत स्वास्थ्य सवाको पुहँच यहाँका गाउँपालिकाहरुमा पुर्याउन निर्देशन दिनुभयो ।
त्यसैगरि मन्त्री थापामगरसहितको टोलीले बज्रबाराहीमा प्रदेश सरकारको करिब १४ करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको जिल्ला आर्युेदिक अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभयो । उहाँले भवनको संरचनाकोबारेमा जानकारी दिदै ठेक्का सम्झौताको अबधी भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
मन्त्री थापामगरले प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गत रहेको १३ वटै जिल्लाको प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको अबलोकन, निरीक्षण अभियान सुरु गरेको बताउदै प्रत्येक जिल्लाको गाउँ गाउँमा स्वास्थ्यको पहुँच पुर्याउन लागिरहेको बताउनुभयो ।–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित