भक्तपुर, ४ बैशाख : वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरि गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।
उहाँले अस्पतालले प्रदान गरेका सेवाहरुकोबारेमा जानकारी लिदै अस्पतालको नयाँ तथा पुरना भवनमा विरामीलाई दिईरहेको सेवा र सुबिधाकाबारेमा जानकारी लिनुभयो ।
अस्पताल भवन अभाव भएपछि अस्प्तालको पुरानो भवन भत्काएर सोही ठाउँमा सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाको सिफारिसमा माग भएअनुसार भवन निर्माणका लागि प्रदेश मन्त्रिपरिषदले ६२ करोड रूपैयाको बजेट सुनिश्चित गरेको बताउनु भयो ।

उहाँले चालू आर्थिक वर्षमै अस्पताल भवन निर्माणको प्रक्रिया पुरा गर्ने गरि बजेट निकासाको प्रक्रियालाई प्रदेश फर्किए लगत्तै टुङ्याउने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले अस्पतालको नयाँ भवन अपरिहार्य रहेको बताउदै भक्तपर अस्पताल देशकै नमूना उत्कृष्ठ अस्पताल बनेकोमा प्रंशसा गर्नुभयो ।
मुख्यमन्त्री बानियाँसहितको टोलीलाई अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पतालको वर्तमान अबस्थाकाबारेमा जानकारी गराउनु भयो । अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालले दिदै आएको सवा, बिस्तारिस सेवा, जडित पैबधि एवं उपकरणहरु, बहिरंग, अन्तरंगदेखि शल्यक्रियासम्मका प्रगति र भावी योजनाकाबारेमा जानकारी गराउनु भएको थियो ।

बानियाँद्धारा ख्वप अस्पतालदेखि सम्पदासम्मको अवलोकन :
मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्दै अस्पतालले प्रवाह गरेको सेवाकाबारेमा चासोका साथ निरीक्षण गर्नु भएको थियो ।
नगरपालिकाद्धारा सञ्चालित ख्वप ईन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकलन गर्नुका साथै भक्तपुरका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गर्नु भएको थियो ।

मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत आफ्नै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुहुँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नगरपालिकाद्धारा सञ्चालित अस्पताल, शैक्षिक संस्थाहरुदेखि सम्पदासम्मको अवलोकन गराउदै त्यसबारे जानकारी गराउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

