भक्तपुर, ८ बैशाख । आमा, राम्रोसंग चेकअप गर्नुस् है, आज धेरै डाक्टर तपाईको गाउँमा आउनु भएको छ, महिलाको रोगहरु पनि नलजाई जाच गराउनुस् है, आफ्ना गाउँका छोरी, बुहारी, भाई भतिजालाई पनि जाँच गर्न पठाईदिनुस् है , पैसा लाग्दैन, सबै निःशुल्क हुन्छ, औषधिको पनि पैसा लाग्दैन, वागमति प्रदेशका स्वास्थय मन्त्री किरण थापामगरले मंगलबार भक्तपुरको सुडालस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरमा आउन जेष्ठ नागरिक एक महिलालाई भनेका शब्द हुन् यी ।
आमालाई मात्र होईन्, सुगर अर्थात मधमेह परीक्षा गराईरहनु भएका एक पाका उमेरका पुरुषलाई पनि नमस्कार गर्दै उहाँले भन्नुभयो, बा, सुगर परीक्षा गराउनु भएको, आज यहाँ धेरै डाक्टरहरु हुनुहुन्छ, आफ्नो स्वास्थ्यमा जे जे समस्या छ, सबै जचाउँनु् है, केही जटिल रोग देखियो भने भक्तपुर अस्पतालमा निःशुल्क उपचार गर्छौ,
प्रोस्टेज पनि जचाउनुस् है, अब ।

स्वस्थ्य मन्त्री थापाले स्वास्थ्य परीक्षणका लागि गर्नु भएको आग्रहलाई नियाल्दा लाग्थ्यो उहाँ मन्त्री भएर शिविरमो अनुगमन गर्न मात्रै जानु भएको होईन, स्थानीयवासीलाई स्वास्थ्य परीक्षण गराउन जिम्मेवार बन्नलाई प्ररणा दिन र सरकारले गर्ने निःशुल्क उपचारको प्रचारप्रसार गर्न पनि त्यहाँ पुग्नु भएको हो ।
प्रदेश सरकारको मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत वार्षिक बजेटबाट जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना र चाँगुनारायण नगरपालिकाको समन्वयमा भएको दुईदिने शिविरमा मन्त्री थापा पुग्दा स्थानीइ सरकारको उपस्थिति शून्य देखेपछि केही निराश पनि हुनुभयो ।

उहाँले चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई नगरपालिकाले जिम्मेवारी नलिएको, वागमति प्रदेश सरकारल गाउँगाउँमा यति ठूलो शिविर ल्याउँदा पनि प्रचार प्रसचार नगरेको र शिविर स्थलमा समेत वडादेखि नगरपालिकासम्मको उपस्थिति शून्य हुनुले दुखी बनाएको र स्थानीय सरकारले शिविरलाई अपनत्व नलिएको महसुस गराएको गुनासो गर्नु भयो । दिउँसो करिब १ बजेपछि वडा अध्यक्ष जनक खत्री पुगेपछि पनि उहाँले सोही गुनासो दोहर्याउन उहाँले शिविरमा शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध गराइएको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “वागमती प्रदेश भित्र अझै पनि डाक्टर न नदेखेका, स्वास्थ्यको पहुँच नपुगेका ठाउँहरु रहेछन्, रुभी भ्यालीमा मैले उपकरण सहित चिकित्सकको टोली लिएर शिविर सञ्चालन गर्दा झण्डै २३ सयले सेवा लिए, त्यसैले अब उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस भनेर १३ जिल्लाका विकट गाउँ गाउँमा चिकित्सकको टोलीसहित शिविर लैजाने अभियान सुरु गरेका हौ ।”
उहाँले औषधिको नाममा एउटा सिटामोल पनि नपाईने, प्रदेश सरकार पनि छ भन्नेसम्म थाहा नपाउने जनता धेरै भेटेको भन्दै उहाँले प्रत्येक जिल्लामा उपकरणसहितको उच्चस्तरीय स्वासथ्य सेवाको पहुँच पुर्याउने र पालिकाका दुर्गम गाउँमा वर्षको एक पटक अनिवार्य रुपमा शिविर लैजानै पर्ने गरि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल र निजी अस्पताललाई निर्देशन दिएको बताउनुभयो ।
५० शय्या भन्दा माथिको अस्पतालले एक पटक र त्यस भन्दा बढी शय्या अस्पतालहरुले वर्षका दुई पटक दुर्गम गाउँमा गएर शिविर सञ्चालन गर्नै पर्ने गरि परिपत्र गरेको बताउनुभयो ।
मन्त्री थापाले १० प्रतिशत निःशुल्क उपचार टिकटदेखि औषधिसम्म, शय्यादेखि शल्यक्रियासम्म सबै सेवामा दिनु पर्ने गरि कडाईका साथ निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँ गाउँमा गएर गर्ने बृहत स्वास्थ्य शिविरमा शल्यक्रियाबोहक शरीरका सबै रोगको परीक्षण, एक्सरे, ईसिजी, ईकोलगायत सबै रोगको परीक्षण हुन्छ । थप उपचार गर्नुपर्ने भएमा
जिल्ला अस्पतालले निःशुल्क उपचार गर्छ, त्यसैले जिल्ला जिल्लामा हुने शिविरमा सहभागि हुन बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई आव्हान गर्दछौं ।”
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी सेवा, दन्त सेवा, जनरल फिजिसियन, आर्युवेद सेवा, बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, स्तन तथा पाठेघरको मुखको क्यान्सर, प्रोस्टेज क्यान्सर, छाला रोग, पोषण सम्बन्धी जाँच, छाती रोग, नसर्ने रोग सम्बन्धी परीक्षण, आँखा, नाक, कान, घाँटी, फिजियोथेरापी सेवा प्रवाह गरि निःशुल्क औषधि वितरण गरिएको बताउनुभयो ।
शिविरमा भक्तपुर अस्पताल, जिल्ला आर्युवेद तथा बैकल्पिक चिकित्सालय भक्तपुर, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, सिद्धि स्मृति अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल, मध्यपुर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल, विपि आई फाउण्डेसन, काठमाडौ मेडिकल कलेजले विशेषज्ञ टोली सहितिको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । शिविरमा पाँच सय भन्दा बढीले सेवा लिएको र थप उपचार गर्नु पर्ने भएमा अस्पतालले निःशुल्क उपचारको व्यबस्था गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Views: 139