भक्तपुर, २८ बैशाख : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज राती सवा नौ बजे सार्वजनिक गरेको छ ।
सरकारले बैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम डेटलाइन दिएपछि बोर्डले तिब्र गतिमा तयारी गरि परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज राती सवा नौ बजे गरेको पत्रकार सम्मेलनमा एसईइमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।
परीक्षामा २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र १ लाख ४६ हजार ५०७ परक्षिार्थी नन्ग्रेडेड भएको जानकारी दिनुभयो । यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकोमा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए ।
नतिजाको अनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० ल्याएका छन् । ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् ।
त्यस्तै ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जीपीए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जीपीए, पाँच हजार १९० जनाले २.०० देखि २.४० जीपीए र सात जनाले १.६० देखि २.०० जीपीए ल्याएका छन् ।
एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ र भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यबस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यसवर्ष एक महिना भित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराएको थियो भने बैशाख ५ गतेसम्ममा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा इन्ट्रि गर्ने कार्य थालिएको थियो । गतवर्ष असार १३ गते परीक्षाफल सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

