आइतवार, साउन १७, २०८३ | Sun August 02, 2026


मुख्यमन्त्रीको चर्चामा किरण थापा : जसले पार्टीको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्दै पुरा गरे, वडाध्यक्षदेखि स्वास्थ्यमन्त्रीसम्मको सफल यात्रा

मुख्यमन्त्रीको चर्चामा किरण थापा : जसले पार्टीको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्दै पुरा गरे, वडाध्यक्षदेखि स्वास्थ्यमन्त्रीसम्मको सफल यात्रा



काठमाडौं, १६ साउन । माननीय किरण थापा मगर वागमति प्रदेशका लागि मात्रै होईन राजनीतिक क्षेत्रमा नौलो नाम भने होईन । सामाजिक क्षेत्रदेखि राजनीतिसम्म चर्चामा रहेका वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापामगर नेकपा एमाले भित्र उदाउँदो र जिम्मेवार नेताको रुपमा परिचित हुदै आउनु भएको छ ।
सामाजिक क्षेत्रमा किरण थापाको योगदान :
सामाजिक अभियन्ताको रुपमा समेत धेरै वर्षदेखि समाजमा परिचित किरण थापा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुदैँ कार्यबाहक अध्यक्षसम्मका भूमिकामा निर्वाह गर्नुभयो । त्यस अबधीमा उहाँले मन्दिरको भौतिक संरचना विकासदेखि केदारनाथको शिर घोषणा, मन्दिरमा महायज्ञको आयोजना, मन्दिरको चौतर्फीमा विकाससंगै विश्वमाझ यस मन्दिरको महत्वलाई चिनाउन उहाँको योगदानलाई कसैले बिर्सन सक्दैन । उहाँले १० वर्ष डोलेश्वरको विकासमा अनवरत रुपमा लाग्दै मन्दिरको विकास, संरक्षण, देश तथा विदेशमा यहाँको धार्मिक मान्यतालाई पुर्याउन ठूलो भूमिका निर्वाह गर्नुभयो ।
सामाजिक क्षेत्रमा सक्रिय रहने क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीको एसस्कर सदस्य, नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखा तीन कार्यकाल सभापति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको दुई कार्यकाल उपसभापति गर्दै २० वर्ष रेडक्रसमा सक्रिय रहेर सामाजिक सेवामा निरन्तर लाग्नु भएको उहाँले रोटरी क्लब अफ भक्तपुर डिस्ट्रिक मेम्बर भएर सामाजिक कार्यलाई निरन्तरता दिदै आउनु भयो ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेश कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको संरक्षक, आफ्नो घर आश्रम सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको बिशेष संरक्षक र विभिन्न खेलकुद तथा युवा क्लबहरूको संरक्षकलगायत बिभिन्न सामाजिक क्षेत्रमा रहेर नागरिको सेवामा निरिन्तर लागिरहने व्यक्तित्वको रुपमा उहाँलृ आफ्नो पहिचान बनाउन सफल हुनुभयो ।
महाभूकम्पदेखि कोरोना महामारीसम्म उहाँको योगदान :
पूर्वमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा समेत सहयोग र आफ्ना परिकल्पनालाई साकार पार्दै आएका धेरै उदाहरणहरु छन् । स्थानीयस्तरदेखि जिल्ला र बिभिन्न निकायमा स्वास्थ्य समस्यामा पर्दै आएका व्यक्तिहरुलाई बिभिन्न रुपमा सहयोग गर्दै आउनु भएका उहाँले २०७२ सालको भूकम्पमा धेरै पीडितहरुलाई राहत, पुर्नस्थापनादेखि २०७७ सालको कोरोना महामारीको रुपमा फैलिएको कोरोना महामारीमा समेत धेरै पीडितहरुलाई निःशुल्क पीसीआर परीक्षण, स्वास्थ्य सामग्री हस्तान्तरण, अक्सिजनको व्यबस्थापन, स्वास्थ्य जोखिमको पर्वाह नगरी संक्रमितलाई अस्पताल पुर्याउने, कतिपय संक्रमितको शव व्यबस्थापनसम्ममा सहयोग पुर्याएको स्मरण अहिले पनि ताजै छन् ।
कोरोना महामारीमा पैदलै हिडेर काठमाडौं उपत्यका छाडेर घर फर्कनेहरुका लागि जगातीदेखि बिभिन्न ठाउँमा निःशुल्क खाना र पानीको व्यबस्था, रातीको समयमा जगातीबाट सवारी साधनको व्यबस्था गरि निःशुल्क बिभिन्न जिल्लामा पठाउने कार्यमा समेत निरन्तर सहयोग पर्याउनु भयो ।  कोरोना महामारीमा खाडी मुलुकदेखि बिभिन्न देशबाट फर्कने ने्पालीहरुका लागि राख्न जगातीस्थित भातेढिकुरमा १०० शैयाको होल्डिङ्ग सेन्टरको स्थापना गर्नुभयो । विदेशबाट फर्किएका दुई हजार भन्दा बढीलाई निःशुल्क खाना, बस्न र फर्किने बेलामा स्वास्थ्य परीक्षणको व्यबस्था उहाँकै नेतृत्वमा सम्पन्न भयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ को तत्कालिन वडा अध्यक्ष एवं नगरपालिकाको सामाजिक विकास संयोजकको जिम्मेवारी सम्हाल्नु भएको उहाँको यो परिकल्पनालाई नेकपा एमालेको युवा नेता महेश बस्नेतदेखि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतको सहयोग र साथ पनि उत्तिकै रहयो ।
कोरोनामा महामारीले जन्माएको सूर्यविनायक नगर अस्पताल :
कोरोना महामारीमा आफ्नै नगरवासीले कारोना परीक्षणदेखि उपचारसम्ममा सास्ती ब्यहोर्नु परेपछि उहाँकै परिकल्पनामा जन्मियो जगाती चोकमा सूर्यविनायक नगर अस्पताल । त्यसो नगरपालिकाले दधिकोटमा नगर अस्पताल स्थापना गरेपनि बृहत सेवा सञ्चालन हुन सकिरहेको थिएन । कोरोना महामारी जस्तो भयावह अबस्थार्ला थेग्न सक्ने अस्पतालको आवश्यकता महसुस गर्दै किरण थापाको नगर जगातीस्थित इएटा तथा टायल कारखाना रहेको खाली जग्गामा नजर ठोक्कियो र सोही जग्गामा सूर्यविनायक नगर अस्पतालक निर्माणको परिकल्पना उहाँले गर्नुभयो । त्यही परिकल्पनालाई साकार पार्न नेता महेश बस्नेतदेखि नगर प्रमुख वासुदेव थापासंगको सरसल्लाहमा उहाँहरुको साथ पाएपछि नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनका निर्णय पछि अस्पताल निर्माणको प्रक्रिया सुरु भयो ।
जग्गा प्राप्तिदेखि इँटा टायल काराखानाको एउटा ब्लक भवन लिने, जग्गा मिलाउने, नयाँ भवन बनाउनेलगायतका प्रारिम्भक चरणमा उहाँकै अग्रसरतामा काम सम्पन्न हुदै गए । महेश बस्नेतकै पहलमा आएको संघीय सरकारदेखि नगरपालिकाले विनियोजित बजेट समेतले २५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरि एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा उद्घाटन भयो ।
नगरपालिकाका प्रमख अध्यक्ष रहने गरि सञ्चालन भइरहेको सूर्यविनायक नगर अस्पतालमा अहिले विरामीको चाप मात्रै बढेको छैन, वागमति प्रदेशको स्वास्थ्य मन्त्री हुँदा गत असारको बजेटमा यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिस्तार गरि अस्पतालको शैया बृद्धि गरि ५० शैयाको स्वीकृत गर्ने कार्य उहाँले नै गर्नु भयो भने बजेट ब्यबस्थान, बिभिन्न उपकरण हस्तान्नरणसमेत गर्नु भयो । दधिकोटमा नगर अस्पतालको शाखा सञ्चालन गर्ने गरि नयाँ भवन निर्माणका लागि समेत उहाँले बजेटको ब्यबस्थापन गर्नुभयो ।
युवा रोजगारीमा प्रोत्साहन :
युवा स्वरोजगारका लागि तालिम, सहजीकरण र लगानी प्रवर्धनमा सक्रिय रहदै आउनु भएका माननीय किरण थापामगर राजनीतिमा आउनु अगाडि देखि नै एक सफल व्यवसायी पनि हो । काठमाडौं, भक्तपुरदेखि सिन्धुपाल्चोकसम्म उहाँको व्यवसायले सफलता हासिल गरेको थियो । व्यवसायीक जीवनलाई निरन्तरता दिदै राजनीतिमा प्रवेश गर्नु भएको उहाँले अहिले पनि ५०० भन्दा युवाहरुलाई प्रतक्ष्य एवं अप्रतक्ष्य रुपमा रोजगारी प्रदान गरिरहनु भएको छ ।
जनप्रतिनिधि हुदाँ प्राप्त पारिश्रमिक समाजसेवामा :
माननीय किरण थापाको सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि हुँदाको अर्को प्रशंसनीय कदम भनेको आफ्नो पारिश्रमिकबाट अक्षय कोषको स्थापना गरि छात्रबृत्तिको व्यबस्थाले धेरै विद्यार्थीले अध्ययनको अवसर पा्राप्त गरेका छन् । उहाँ वडाध्यक्ष हुँदा कुनै पनि सरकारी भत्ता, पेट्रोल, फोन सेवा लगायत सेवा सुबिधा नलिएको र वडाबाट प्राप्त पारिश्रमिक भने बचत गरेर एकमुष्ठ रुं १५ लाख बराबरको जगतबहादुर स्मृति अक्षय कोष स्थापना गर्नु भयो ।  त्यही अक्षय कोषलाई हाल ४० लाख रुपैयाँ भन्दा बढी पुर्याएर सोही कोषबाट गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यबस्था गरि हरेक वर्ष गरिब, निमुखाबालबालिकालाई छात्रबृत्ति, पोशाक, स्टेशनरी सामानहरु वितरण गरि सेवा प्रवाह गर्दै आएको छ ।
वडा अध्यक्षदेखि स्वास्थ्य मन्त्रीसम्म विवादरहित र सफल यात्रा : 
सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षको पाँच वर्षे कार्यकालमा कुनै विवादमा नपरेको थापा २०७९ मंसिर ४ मा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उहाँले राजनीतिसंगै सामाजिक सेवालाई पनि निरन्तरता दिद आउँनु भयो ।
त्यसै क्रममा वागमति प्रदेशमा सरकार गठन गर्ने क्रममा २०८१ साउन ९ गते उहाँ पहिलो पटक वागमति प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभयो । स्वास्थ्य प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार हो, प्रदेशका ग्रामिण एवं विकट क्षेत्रका गरिब विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने परिकल्पनालाई साकार पार्दै उहाँले गाउँ गाउँमा स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य राख्दै मन्त्री भएको पहिलो दिनमा नै महत्वपूर्ण निर्णय गर्नुभयो ।
देशका धेरै कुना काप्चामा अझै नागरिकले सहज स्वास्थ्य औषधि उपचार पाउन नसक्दा अनाहकमा ज्यान जाने धेरै नेपाली नागरिकको पीडा अन्त्य गर्ने र पार्टीले दिएको जिम्मेवारी विना दाग पुरा गर्ने अठोटका साथ मन्त्रीको सपथ ग्रहण गरेर पदभार सम्हाल्ने बित्तिकै जनताको पक्षमा पहिलो निर्णय गर्नुभयो । उहाँले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने पहिलो निर्णयले क्यान्सर रोगको उपचार गराईरहेका विरामीका लागि ठूलो राहत मिल्यो ।
त्यस्तै २०८२ साउन १९ गतेसम्म स्वास्थ्य मन्त्रीको जिम्मेवरी सम्हालेर स्वास्थ्य क्षेत्रमा रहेका बेथितिको अन्त्य गर्दै दूर दराजमा रहेका आमनागरिकलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउन तल्लिन रहने क्रममा सरकार परिवर्तनसंगै २०८२ साउन २० गतेबाट पुनः स्वास्थ्य मन्त्रीको रुपमा दोश्रो पटक नियुक्त भएसंगै उहाँको बाँकी रहेको जनमुखी योजनाहरुलाई कार्यान्वयनमा ठूलो टेवा पुग्यो ।
स्वास्थ्य मन्त्रालय सम्हाल्दा के के भए महत्वपूर्ण काम :
दुई वर्ष स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो दिनको पहिलो निर्णय नै वागमति प्रदेश भित्रका विपन्न परिवारका क्यान्सर रोगीका लागि रु. एक लाख अनुदान दिने निर्णय गर्नुभयो । त्यस लगत्तै स्वास्थ्य क्षेत्रमा गाँजिएर बसेका माफियाको अन्त्य भयो । स्वास्थ्य क्षेत्रका सबै बेतिथिको अन्त्य र कानून भन्दा बाहिर कुनै काम नगर्ने मन्त्रीको अडानका कारण तिरमिराएका माफियाले धेरै प्रयास गरेपनि नसके पछि स्वास्थ्य क्षेत्रको बेतिथिको अन्त्य भयो । गाउँ गाउँमा स्वास्थ्य सेवा र औषधि एवं उपकरण पुर्याउने र उपचार नपाएर कोही पनि नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मूल उदेश्यले दूर दराजसम्म स्वास्थ्यका कार्यक्रमहरु पुग्न थाले ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान :
मानसिक एवम् नसर्ने रोगहरु धेरै नै बढ्दै गएको पाईयो । अस्पतालमा नसर्ने रोगका विरामीहरुको चाप निकै बढ्दै गइरहेको देखेपछि त्यसलाई रोक्नु जरुरी ठानेर त्यसका लागि अभियान सञ्चालन गर्ने उहाँको परिकल्पनालाई साकार बनाउँन नसर्ने रोग रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरियो ।
वागमती प्रदेशका १३ वटै जिल्लामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरेर बागमती प्रदेशका सबै पालिका तहमा नसर्ने रोगबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुका साथै प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्ने कार्य गरियो ।
‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा  :
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ । हामीले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरियो । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका अभिमुखीकरण गरि घोषणाको तयारीलाई अगाडि बढाईयो । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गर्दै मन्त्रालयले कार्यान्वयनलाई अगाडि बढायो ।
ऐन संशोधन एवं नियमावली जारी :
उहाँ स्वास्थ्य मन्त्री भएपछि विगतमा झण्डै दुई वर्षदेखि निस्क्रिय रहेको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न उहाँको निरन्तरको प्रयास सफल भयो र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गरी प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ जारी गरियो । जसले स्वास्थ्य मन्त्रालयलाई काम गर्न निकै सहज भयो ।
लामो समयदेखि स्वास्थ्य संस्थाहरु दर्ता हुन र नविकरण हुन सकिरहेका थिएनन् । किरण थापा स्वास्थ्य मन्त्री भएपछि प्रदेश स्वास्थ्य सेवा नियमावली, २०८१, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड, २०८१ जारी जारी गर्न सफल भयो ।
त्यसैगरि मन्त्रालयले २०८१ साल श्रावण २४ गते प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनका लागि बायोमेडिकल वर्कसप सहितको सुबिधा सम्पन्न भवन भण्डारण कक्ष सञ्चालनमा ल्याएका छौं । सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८१ सार्वजनिकीकरण गरेका छौं । स्वास्थ्यका दृष्टिकोणले संवेदनशिल भई सबै किसिमका नीति तथा योजना तर्जुमा र कार्यान्वयन गर्ने विषयतगत मन्त्रालय  निकाय र स्थानीय तहहरूसँग पैरवी गरेका छौ ।
लामो समय रोकिएको स्वास्थ्य संस्था दर्ता र नविकरण सुरु :
ऐन तथा विनियमावली जारीसंगै लामो समयदेखि रोकिएको बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली (HRRS) को डिजिटल पैणाली शुभारम्भ गरियो । लामो समयदेखि सञ्चालनमा रहेका तर दर्ता र नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई अनिवार्य रुपमा दर्ता र नविकरण गर्न सूचना जारी गरियो । अब दर्ता र नविकरणका लागि फाईल बोकेर मन्त्रालय र कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै  ऐन, नियमावली र मापदण्ड बमोजिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नति लगायतका कार्यहरू विद्युतीय माध्यम (स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली  Hospital Registration and Renewal System-HRRS को पहिलो सुरुवात गरेको मन्त्री किरण थापा बताउनुहुन्छ ।
स्वास्थ्य क्षेत्रका अनियमिततालाई पूर्ण रुपमा हटाएर अनलाइन सिस्टमको सुरुवात गरि  मापदण्ड नपुगेकालाई समय तोकेर मापदण्ड पुर्याउन निर्देशन दिने, दर्ता नकिवरण गर्न समय यौ । अटेर गर्नेलाई कारबाही गर्ने र राम्रा गर्नेहरुलाई सहयोग गर्ने नीति लिएपछि अहिले वागमती प्रदेशका स्वास्थ्य संस्थाहरुको दर्ता तथा नविकरण धमाधम भईरहेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान :
उहाँ मन्त्री भएपछि लामो समय रोकिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७५ संसोधन गर्न सफल भयो । उहाँका अनुसार प्रतिष्ठान ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भयो । त्यसपछि शैक्षिक शत्र २०८१/०८२ का लागि एम.डी./एमएसका ७ वटा कार्यक्रमहरू Anesthesiology,   MDGP,  General Surgery, Internal Medicine,  Obs and Gynae, Ortho, Pediatrics मा आठ जनालाई भर्ना गरी पहिलो वर्ष अध्ययन अध्यापन शुरुवात गर्यो ।
त्यसपछि ०८२/०८३ मा एमबिबिएस (MBBS) ५० वटा सिट निर्धारण गरि अध्ययन शुरुवात गरेको बताउदै उहाँले चिकित्सा विद्याका चारवटा कार्यक्रम जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिंङ र फार्मेसी स्नातक तहको अध्यापन भैरहेको र प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत ३५८ विद्यार्थीलाई तलबसहित दुई वर्ष सेवा गराएर एमडी तहको पढाइ सुरु गर्ने गरि कार्य भयो ।
प्रदेश जनसंख्या नीति स्वीकृति :
बागमती प्रदेशको प्रदेश जनसंख्या नीति स्वीकृति भयो । त्यसले दीर्घकालिन रुपमा कार्यक्रमहरु ल्याउन सहयोग पुग्नेछ । त्यस्तै प्रादेशिक अस्पतालहरूमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेर तयारी गरिएको छ । यसले प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा नर्सिङ तहको अध्ययन गर्ने र त्यहाँ आवश्यक जनशक्ति सोही स्थानमा परिपूर्ति गर्ने लक्ष्य प्राप्तिका लागि प्रक्रियामा अगाडि बढेको छ ।
जिल्लादेखि स्थानीय अस्पतालहरुको विकासका फड्को :
मन्त्री थापाकै नेतृत्वमा प्रत्येक जिल्ला अस्पतालहरुको सवलीकरण, गुणस्तरीय सेवा बिस्तार, उपकरण मैत्री बनाउनेदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरियो । आधारभूत स्वास्थ्य सेवाको सबलीकरणको लागि स्थानीय तहका आधारभूत अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आबश्यक भौतिक संरचना निर्माणका कार्य, औजार उपकरण तथा जनशक्ति व्यबस्थापनको लागि स्थानीय तहमा प्रदेश सरकारबाट आबश्यक बजेटको विनियोजन गरियो ।
सिटी स्क्यानदेखि एमआरआई सेवा बिस्तार :
जिल्लाका अस्पतालहरुलाई उपकरण र प्रबिधि मैत्री बनाएर नागरिकको स्वास्थ्य उपचारका लागि सकेसम्म जिल्लान्तर जान नपर्ने गरि सेवा बिस्तार गर्नेे लक्ष्यको शुभारम्भ भयो । सोही अनुरुप मन्त्री थापाले भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा मेशिन सञ्चालनमा ल्याउनुका साथै एमआरआई मेशिन सञ्चालनका लागि पनि तयारी गर्नुभयो । भक्तपुरको ख्वप अस्पतालमा पनि सिटी स्क्यान सञ्चालनमा ल्याउनुका साथै एमआरआई सञ्चालनको लागि चालू आर्थिक वर्षमा १५ करोड बजेटको ब्यबस्थापन गर्न सफल हुनुभयो । प्रदेशका १३ वटै जिल्लामा आवश्यकताका आधारमा प्रबिधि र उपकरणहरु हस्तन्तरण गर्ने र सेवा बिस्तार गर्ने कार्यलाई उहाँको कार्यकालमा तिब्रता पायो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास :
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास र गुणस्तरीय सेवा बिस्तारका लागि स्वास्थ्य मन्त्रालय मार्फत उहाँको प्रयास जारी रहयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन र नुवाकोटको नवनिर्मित भवनबाट २५ शैयाको अन्तरंग सेवाको शुभारम्म गरिया । उहाँले नै उद्घाटन गर्नु भएको ती सेवामा विरामीहरु भर्ना भएरै उपचार सेवा लन थालेका छन् ।
त्यहाँबाट स्वास्थ्य परीक्षण, विरामी भर्ना र निःशुल्क औषधि वितरणले आर्युवेदप्रतिको विश्वासमा बढ्दै गएको छ । चितवनको चिकितसालयमा विरामी भर्ना गरेरै उपचार सेवा सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरको भवन निर्माण सम्पन्न भएको छ भने ललितपुरको भवन निर्माण शुरुवात भएको छ ।
आयुर्वेद औषधि उत्पादन सुरु :
स्वास्थ्य मन्त्री भएपछि थापाले अब प्रदश सरकारले नै आयुर्वेद औषधि उत्पादन गर्नु पर्छ भन्ने परिकल्पना र अठोटले सार्थकता पायो । आमनागरिकलाई निःशुल्क औषधि वितरण गरियो । चितवनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनबाट सेवा बिस्तार गरेसंगै त्यहीको पुरानो भवनबाट आयुर्वेद औषधि उत्पादन केन्द्र्र सञ्चालन गरि त्यहाँबाट आयुर्वेदका ‘अश्वगन्धा, सेतोपलादि, आमलवक, अविपत्तिकर, त्रिफला, निम्वादि, विल्वादि, हिङ्गवाष्टक, महासुर्दशन, पुष्यानुग’ गरी १० प्रकारक चूर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरियो । स्वास्थ्य मन्त्रालयले अन्य थप ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादनको लागि अनुमति प्रदान गरेसंगै थप औषधि उत्पादन सुरु गरि निःशुल्क वितरणको कार्य अगाडि बढेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूबाट विशेषज्ञ (स्त्री प्रसूति, शालक्य, शल्य, कौमारवृत्य, मानसिक स्वास्थ्य) आयुर्वेद सेवा उपलब्ध गराईएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यावस्थापन, योग, ध्यान तथा शिरोधारा, पूर्व कर्म पञ्चकर्म सेवा प्रवाह गरिरहेको उहाँ बताउनुहुन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रममार्फत सेवा दिइरहेको, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू भान्साघर औषधालय कार्यक्रम र पथ्य आहार कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ ।
अस्पतालहरुमा इएमआर लागू : 
स्वास्थ्य मन्त्रालयले सबै प्रादेशिक अस्पतालहरुमा इएमआर (EMr) लागू गर्न आवश्यक हार्डवेयरलगायतको संरचना तयारी गरेर नै त्रिशुली अस्पताल, धादिंङ्ग अस्पताल, सिन्धुली अस्पताल तथा पशुपति चौैलागाई अस्पतालमा पूर्ण रुपमा एचइआर/ईएमआर (Her/EMr) लागु गरिएको छ, उहाँकै पहलमा सबै अस्पतालमा लागू गर्ने तयारीमा गरिएको थियो ।
दूर चिकित्सा सेवादेखि तालिम सञ्चालन : 
२०८२ श्रावण १६ गते तत्कालीन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा तत्कालिन माननीय मुख्यमन्त्री बहादुरसिंह लामाको विशेष आतिथ्तामा बागमती डिजिटल हेल्थ (Bagamati Digital Health) को शुभारम्भ गरियो । त्यसैदिनबाट भक्तपुर अस्पताललाई दूर चिकित्सा सेवा (TELEMEDICINE) को हब अस्पतालका रूपमा विकास गरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्खपाल गाउँपालिकाको आधारभूत अस्पताललाई भक्तपुर अस्पतालको स्पोक अस्पतालका रूपमा जोडेर सेवा प्रदान गर्ने कार्य शुभारम्भ भयो । यसलाई विस्तार गर्नु आवश्यक छ ।  त्यति मात्रै होईन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र प्रवाह गरिएको छ ।
त्यस्तै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग २०८१ कात्तिक २ गते सम्झौता गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, रसुवा र नुवाकोट जिल्ला तथा प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरूलाई पाँच ब्याचमा ९२ जनालाई तालिम प्रदान गरिएको छ ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बिस्तार :
गर्भवती महिलाको स्वास्थ्यको लागि ग्रामिण क्षेत्रमा तालिमसहित  पोटेबल अल्ट्रासाउण्ड मेशिन बिभिन्न पालिकामा उपलब्ध गराइएको छ । थापाको कार्यकालमा उपचार भन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरियो । भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट विनियोजन गरियो ।
गाउँ गाउँ पुग्यो स्वास्थ्य शिविर र उपकरण :
किरण थापा स्वास्थ्य मन्त्री भएपछि गाउँ गाउँमा स्वास्थ्य शिविर, औषधि वितरणदेखि बिभिन्न उपकरणहरु हस्तान्तरण गरेर गाउँमै सामान्य उपचारसम्मको व्यबस्था गर्ने योजना अनुसार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पहिलो पटक ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन हस्तान्रण गरियो । जसका कारण त्यहाँका गर्भवति महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा धाउनु पर्ने समस्याको अन्त्य भयो । त्यहीँ मन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसहितका स्वास्थ्यकर्मीको टिम नै पुगेर बृहत स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, औषधि वितरण र थप पचारको व्यबस्था गरियो ।
प्रदेशका १३ वटै जिल्लाका विकट क्षेत्रका गाउँपालिकाहरुमा पनि आधारभूत स्वास्थ्य सेवाबाट समेत कतिपय नागरिक बञ्चित रहनु परेको अबस्थालाई अन्त्य गर्दै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन निरन्तर लाग्दै महाभारतदेखि चितवनको ठोरी, रामेछाप, मकवानपुरको राक्सिराङ गाउँपालिका, धादिङ्गको गंगाजमुना गाउँपालिकालगायत बिभिन्न जिल्लाका दूरदराजमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविर, एकिकृत जनस्वास्थ्य तथा पोषण प्रबद्वन अभियान–सञ्चालन गर्दाे सरकार गाउँमै पुगेको अनुभूति दिलायो ।
सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरका बासिन्दालाई अब भिडियो एक्सरे गर्न लामो बाटो हिडेर सदरमुकामसम्म जानु पर्ने बाध्याताको अन्त्य गर्न एक्सरे र अल्ट्रासाउन्ड मेशिन पुर्याएर सेवा बिस्तार गरियो । वागमति प्रदेशका कोही पनि नागरिक औषधि उपचार नपाएर ज्यान गमाउनु पर्ने अबस्था नआओस भनेर जनमुखी कार्यक्रम अगाडि सारेको उहाँले बताउनुभयो । ९८ प्रकारका निःशुल्क औषधि आम नागरिकको पहुँचमा कसरी पुर्याउन सकिन्छ भनेर उहाँ लागिरहनु भयो ।
टेलिमेडिसिन हवको सुरुवात :
उहाँ मन्त्री भएपछि र्ओ उपलब्धीमूलक कार्य भनेको टेलिमेडिसिन हवका माध्यमबाट प्रदेशका अस्पतालहरुमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने गरि सेवा सुरु गर्नु पनि हो । भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडाबाट यो सेवाको सुरुवात गरिएको छ । क्यामरा जोडेर स्क्रिनको माध्यमबाट डाक्टरको अगाडि स्क्रिन राखी सम्बन्धित अस्पतालको विरामीको अबस्था र रोगकाबारेमा सबै जानकारी गराएर विशेषज्ञ चिकित्सकले टेलिस्क्रिन मार्फत नै निर्देश गर्दै उपचार गराउने यो सेवाको बिस्तार गर्ने गरि अगाडि बढाईयो ।
डिजिटल हेल्थ सेवा शुभारम्भ :
विरामीले घरमै बसेर अस्पतालको अबस्थाबारे जानकारी लिन सक्ने डिजिटल हेल्थ सेवाको उहाँले शुभारम्भ गर्नुभयो । मोवाइल एप्स निर्माण गरि आमनागरिकले आफ्नो घरमै बसेर कुन अस्पतालमा शैया कति खाली छन्, वा छैन, आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति विरामी छन्, टिकट छ कि छैन भन्ने जानकारी लिन सक्ने गरि वागमती डिजिटल हेल्थ शुभारम्भ गरियो ।
वागमती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाको अस्पतालहरुमा दिनभर कति संख्यामा विरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम संंकलन भयो, को कर्मचारी विदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न गरि मन्त्रालयमा थप सेवा बिस्तार गरेको छ ।
ल्याबको रिपोर्ट लिन सहजीकरण :
ल्याबका रिपोर्ट लिन अस्पतालसम्म आउन नपर्ने गरि व्यबस्थापनको सुरुवात गरेका छ । उहाँले विरामीलाई ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने व्यबस्थाको सुरुवात गर्नुभयो । ल्याबको रसिद काट्दा नै रसिदमै क्यूआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरमै बसेर हेर्न र प्रिन्ट गरेर निकाल्न सकिने गरि व्यबस्था भएको छ । मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरि इगुनासो (egunaso) एप्स् पनि सार्वजनिक गर्ने र सेवाग्राहीले घरमै बसेर क्यूआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरि कार्य अगाडि बढाएको छ । प्रदेशस्तरीय अस्पतालहरुमा फास्टट्रयाक ओपिडी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मन्त्रालयले वागमती प्रदेश भरिका पत्रकारहरुलाई स्वास्थ्य बिमामा समेट्ने गरि कार्यक्रम अगाडि सारेका छ ।
प्रदेशस्तरीय ल्याब भक्तपुरमा स्थापना :
धुलिखेलमा निस्क्रिय अबस्थामा रहेको वागमति प्रदेशस्तरीय ल्याबलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका पुरानो भवनमा सारेर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । धुलिखेलमा राखिएको ल्याब पूर्ण रुपमा सञ्चाना आउन नसक्दा अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त उपकरणहरु जडान गरेर प्रदेशभरीका स्वास्थ्य संस्थाहरुको ल्याबका सम्पूर्ण परीक्षण यहीबाट सञ्चालन गरिएको छ । ल्याबको दर्ता, नविकरण पनि सूचारु गरिएको छ । ल्याबको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर चार रोपनी क्षेत्रफलमा आफ्नै भवन निर्माण कार्य सुरु गरेका छौं ।
बिभिन्न अस्पतालमा डायलासिस सेवा सञ्चालन :
किरण थापा स्वास्थ्य मन्त्री भए लगत्तै वागमती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उदेश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेशिन बिभिन्न अस्पतालहरुमा जडान गरेर सेवा सूचारु गरिएको छ । बाँकी रहेका रसुवा, काठमाडौंको टोखा अस्पतालमा पनि डायलासिस मेशिन जडान गर्ने गरि तयारी गरिएको छ ।
एक जिल्ला, एक स्वस्थ सहर अभियान सुरु :
नसर्ने रोग विकराल बन्दै छ, त्यसबाट आमनागरिकलाई जोगाउन मन्त्रालयले यस वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान सञ्चालनमा ल्याएका छ । त्यस्तै “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्ने कार्यको सुरुवात गरिएको छं । नसर्ने रोग रोकथाम र न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय तथा जिल्लास्तरीय समन्वय समन्वय समितिहरु गठन गरि क्रियाशील बनाइएको छ ।
एक विद्यालय एक नर्स :
‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रदेशका सबै विद्यालयमा पुर्याउने लक्ष्यका साथ हामी किरण थापा आफै सक्रिय हुनुभयो । कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विभिन्न माध्यमिक विद्यालयमा करार सेवामा नर्सहरुलाई लिएको छ । अहिलेसम्म करिब ९०० सामुदायिक विद्यालयमा नर्स पठाउनुको साथै यसलाई बिस्तार गरेर सबै विद्यालयमा नर्स पुर्याउने लक्ष्य लिएको छ । विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाएपछि शिक्षण सिकाई उत्प्रेरणा मिलेको र विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित परीक्षणले पठनपाठन सहजता हुने गरेको पाईएको छ ।
किरण थापाको कार्यकालमा मन्त्रालयले गरेका अन्य काम : 
किरण थापा स्वास्थ्य मन्त्री भएर आए पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर अस्पताल, त्रिशुली अस्पताल, धादिङ अस्पताल र रसुवा अस्पतालमा जेष्ठ नागररक वार्ड सञ्चालन ल्याईयो । काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । चाौतारा अस्पताल, सिन्धुपाल्चोक, हेटौँडा अस्पताल, मकवानपुरमा मानसिक वार्ड स्थापना भई अन्तरङ्ग सेवा समेत सञ्चालन ल्याएको थियो । भक्तपुर अस्पतालबाट अल्जाइमर्ससम्बन्धी सेवा सुरु हुनुको साथै भक्तपुर अस्पतालमा नयाँ अपरेटिङ ब्लकको सुरुवात भई अस्पतालको क्षमता ७५ बाट १८६ बेडमा विस्तार गरेका छौं ।
भक्तपुर, त्रिशुली र सिन्धुली अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरी सेवा सञ्चालन गरेका छौं । हेटौँडा, सिन्धुली, त्रिशुली र भक्तपुर अस्पतालमा छिट्टै जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने तयारी गरियो । गर्भवती महिलाको स्वास्थ्य सेवा सहज बनाउन ग्रामीण क्षेत्रमा तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराईयो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन : 
मन्त्रालयले स्वयंसेविकाहरुलाई प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा प्रत्येक स्वयंसविकाहरुलाई नगद पाँच हजार र सञ्चारको लागि थप एक हजार गरि ६ हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरियो ।
प्रादेशिक अस्पतालहरुमा थप सेवा बिस्तार : 
थापा मन्त्री भएर आएपछि धेरै सेवाहरु बिस्तार भए । धेरै सेवाकाबारेमा माथि उल्लेख भइसके । बागमती प्रदेश सरकारले प्रतिबद्धता गरेको क्यान्सर रोगको उपचारमा थप ५० हजार रुपैयासम्म सहुलियतका लागि प्रदेशभर रहेका बिभिन्न १८ वटा अस्पतालहरूसँग सम्झौता गरी उपचारमा सहुलियत प्रदान गरिएको छ । हृदयघात रोगको उपचारका लागि सहुलियत प्रदान गरिएको छ ।
त्यस्तै गरि चितवनको बकुलहर रत्ननगर अस्पताल, धादिङ अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल र त्रिशुली अस्पतालमा Digital Mammography Machine बाट स्तन क्यान्सरको स्क्रिनिङ्ग सेवा सुुरुवात भएको छ । महिलाको स्तन क्यान्सरको पहिचानमा धेरै सहज भएको छ ।
त्यसैगरि मेथिनकोट अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सुरुवात भएको छ । त्यस्तै त्रिशुली अस्पताल, नुवाकोटमा सिटी स्क्यान सेवा प्रवाह गरिएको छ । नुवाकोट, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुली, धादिङ र सिन्धुपाल्चोक जिल्लामा विशेषज्ञ आँखा शिविरबाट सेवा प्रवाह गरिएको छ ।
त्यस्तै भक्तपुर अस्पतालमा Stroke Management सहित न्यूरोलोजी सेवा आरम्भ भएको छ । भक्तपुर अस्पतालबाट अल्जैमर्श सम्बन्धी सेवा प्रवाह भएको छ । भक्तपुर अस्पतालमा दुई सेट, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बकुलहर रत्ननगर अस्पताल, चौतारा अस्पताल, पशुपति चौलागाइ स्मृति अस्पताल र धादिङ अस्पतालमा आठ सेट एनेस्थेसिया वर्क स्टेशन व्यवस्थापन गरेका छौं ।
अस्पतालहरुमा डायालासिस सेवा विस्तार :
भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा जम्मा १६ वटा डायालासिस मेसिन थप गरी सेवा विस्तार गरिएका छौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा प्रारम्भ गरेका छौं । भक्तपुर अस्पतालमा मुटु सेवा बिस्तार गरेका छौ । मुटुको स्पेशल सेवा प्रवाह गर्ने कार्यक्रम ल्याएका छौं ।
ट्राफिकलाई लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण : 
सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न वागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन समितिलाई १ हजार ३४० थान र जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत जिल्ला ट्राफिक कार्यालय, मकवानपुरलाई ५०० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेका छौं । आगामी आर्थिक बर्षमा दुर्घटनाका घाइतेको आकस्मिक उपचारको लागि धादिंङ्गको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा लेबल पाँचको ट्रमा सेन्टर स्थापनाको लागि बजेट व्यबस्थापन गरेका छौं ।
शैक्षिक कार्यक्रम सञ्चालन :
एकदमै  छ, चिकित्सा विद्याका स्नातक तहका चारवटा कार्यक्रम (जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिङ र फार्मेसी) सञ्चालन भई ३५८ जना विद्यार्थी अध्ययरनत छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आठ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विपद जोखिम न्यूनिकरणका लागि कार्य सुरु : 
विपद जोखिम न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेशस्तरीय द्रुत प्रतिकार्य समितिको सक्रियतामा ५९ वटा स्थानीय तहको द्रत प्रतिकार्य समिति (RCC) र द्रुत प्रतिकार्य समितिका समूह (RRT) लाई अभिमुखिकरण गरेका छौं । STAR (Strategic Toolkit for Assessing Risk को प्रयोग मार्फत बहुप्रकोपीय स्वास्थ्य विपद् जोखिम मूल्यांकन कार्यशाला गरी प्रतिवेदन तयार गरेका छौं । साथै आकस्मिक चिकित्सकीय समूह (EMT) परिचालन गरिएको छ ।
त्यस्तै अस्पतालहरूमा अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (HDPRP) र जिल्ला तथा स्थानीय तहमा स्वास्थ्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास तथा अद्यावधिक गरेका छौं । अस्पतालहरूमा आपतकालीन अवस्थाको व्यवस्थापनको पूर्वतयारी स्वरुप ड्रिल (Drill) अभ्यास गरेका छौं ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (PHEOC) बाट महामारिजन्य रोगहरू (डेङ्गी, कोभिड, हैजा) को दैनिक प्रतिवेदन तथा मिडिया मनिटरिङ गरेका छौं । २०८१ असोजको बाढी पहिरो पश्चात् Health Resources and Services Availability Monitoring को प्रयोग गरी स्वास्थ्य संस्थाहरूका क्षति लेखाजोखा गरिएको छ ।
विपन्न वर्गका लागि थप कार्यक्रम ः
मन्त्रालयले सिमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (ख) वर्गका व्यक्ति र महिला सामुदायिक स्वास्थ्य स्वय ंसेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गरी प्रिमियम बापत स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गर्ने कार्यको शुभारम्भ गरियो । त्यस्तै प्रदेशका स्थायी बासिन्दाको उपचारमा लाग्ने रक्त सञ्चार प्रयोग हुने ब्लड व्याग बापतको रकम मन्त्रालयले भुक्तानी गरेर जनतालाई निःशुल्क सेवा प्रवाह गर्ने कार्य गर्यो ।  सामाजिक सेवा इकाइ मार्फत विपन्न र असहाय र बेवारिसे, विपदका घाइते लगायतका लक्षित वर्गलाई निःशुल्क उपचार व्यवस्थापन भइरहेको छ ।
अस्पतालहरुमा जनशक्ति थप :
प्रदेशका १३ वटै अस्पतालहरूमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको आवश्यक जनशक्ति थपेर सेवा बिस्तार गर्दै सवालाई गुणस्तरीय र सहज बनाईएको छ । अस्पतालहरूमा विशेषीकृत सेवा, आवश्यक उपकरण र संरचना विस्तारका कार्य अगाडि बढाएको छ । स्वीकृत गरी दरबन्दी थप्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको दोहोरो चाप कम गर्दै सेवाको गुणस्तरमा सुधार ल्याउने कार्य गरिएको छ । भक्तपुर अस्पतालको नयाँ भवनका लागि प्रदेश सरकारले बजेटको व्यबस्था गरेका छ । भक्तपुर र सिन्धुली अस्पतालमार्फत आवश्यक जनशक्ति उत्पादनका लागि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिएको छ ।
नसर्ने रोगका न्यनिकरणका कार्य : 
प्रदेशमा मृत्यु हुनेमध्ये ७१ प्रतिशत नसर्ने रोग र २९ प्रतिशत संक्रमणजन्य रोगका कारण हुने तथ्याङ्क रहेको छ । त्यसैले यसतर्फ सचेत नीतिहरू अपनाउदै नसर्ने रोग न्यूनिकरणका कार्यक्रमहरु अगाडि बढाएको छ । डिजिटल हेल्थ, टेलिमेडिसिन तथा नसर्ने रोगको निःशुल्क औषधोपचार सेवा सञ्चालन गरि भौतिक पूर्वाधार निर्माणमा अगाडि बढेको छ । नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेश तथा जिल्ला स्तरीय समन्वय समिति गठन गरि काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुला व्यायामशाला स्थापना गरेका छौं ।
ग्रामिण क्षेत्रमा स्वाथ्य सेवा :
वागमती प्रदेशका १३ जिल्लाका दुर्गम स्थानहरूमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबर्धन अभियान तथा विशेषज्ञ शिविर सञ्चालन गरी करिब सात हजार भन्दा बढिलाई सेवा प्रदान गरेका छौं । चितवन जिल्लाको माडी खैरहनी र रत्ननगर नगरपालिकामा सिकलसेल एनिमिया र थालेसेमियाको १६०२ जनाको निःशुल्क परीक्षण गगरेको छ ।
नेपाल सरकार र स्थानीय तहहरूसँगको सहकार्यमा किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्ध Human Papilloma Virus खोप अभियान सञ्चालन गरी प्रदेशका करिब २ लाख ६० हजार जना किशोरीहरुलाई खोप लगाईएको छ । सहरमा मात्रै होईन, गाउँ गाउँ र दूर दरजका नागरिकले औषधि र उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिहरेको किरण थापा बताउनु हुन्छ ।
मुख्यमन्त्रीको चर्चा :
वडाध्यक्षदेखि वागमती प्रदेश सभा सदस्य हुदै स्वास्थ्य मन्त्रीको जिम्मेवार सम्हाल्दा किरण थापा बेदाग निस्किएका छन् । उनको कार्यशैली, जनताप्रतिको उत्तरदायित्व, पार्टीप्रतिको वफादारिता र सबैसंग मिल्न सक्ने र कसैप्रति विभेद नराख्ने व्यक्तित्वको रुपमा परिचित किरण थापा यतिखेर वागमति प्रदेशको मुख्यमन्त्रीको चर्चाको शिखरमा रहेका छन् । केहीले पार्टी अध्यक्ष केपी ओलीको आर्शिवाद प्राप्त व्यक्तित्व भनिरहदाँ र केहीले राप्रपाबाट आएको व्यक्तित्व भन्दै भक्तपुरका मात्रै नभई सिंगो वागमति प्रदेशका एमालेजन भने किरण थापा पार्टीको सच्चा सिपाही भएको व्याख्या गरिरहेका छन् । देशमा विपद पर्दा जनताको सहयोगका लागि अग्रमोर्चामा उभिने र पार्टीलाई संकट पर्दा जस्तोसुकै जोखमको सामना गर्न तयार हुने व्यक्तित्व भएकै कारण जनता र पार्टीमा धेरैको मन जित्न सफल भएका हुन् ।
पार्टीमा लामो समय काम गरेका नेता भन्दा करिब १५ वर्ष अगाडि एमालेमा आएर पार्टीभित्र बफादार, पदमा रहदाँ ईमान्दार र विवादरहित व्यक्तित्वको छबि बनाउन सफल भएकाले मुख्यमन्त्रीमा उहाँ निर्बिकल्प भएको एमालेका स्थानीय तहका नेतादेखि केन्द्रीय नेता एवं पदाधिकारीहरु बताउँछन् । यसबारेमा स्वयं किरण थापा भने आफू पार्टीको सिपाही भएकाले पार्टीले दिएको कुनै पनि जिम्मेवारीलाई इमान्दारीताका साथ निर्वाह गर्ने र बेदाग भएर जिम्मेवारी पुरा गर्ने बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम, संविधान संशोधन गर्न हतार गर्न हुन्न : अध्यक्ष ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित