आइतवार, भदौ ७, २०८३ | Sun August 23, 2026


वागमती प्रदेको मुख्यमन्त्री किरण थापाद्धारा डोलेश्वरमा पुजा, वागमती प्रदेशको समृद्धिको यात्रा सुरु गर्ने प्रतिबद्धता

वागमती प्रदेको मुख्यमन्त्री किरण थापाद्धारा डोलेश्वरमा पुजा, वागमती प्रदेशको समृद्धिको यात्रा सुरु गर्ने प्रतिबद्धता



भक्तपुर, ६ भदौ : वागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले शनिवार बिहान आफ्नै गाउँको प्रसिद्ध डालेश्वर महादेव मन्दिरमा पुजा एवं दर्शन गर्नु भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पूर्व कार्यकाहब अध्यक्ष, उपाध्यक्ष रहेर मन्दिरमा महायज्ञ आयोजना गर्न, केदारनाथको शीर भाग घोषणा गर्नदेखि मन्दिरको चौतर्फी विकासमा ठूलो योगदान पुर्याउनु भएको उहाँले मुख्यमन्त्री भएपछि आज पहिलो पटक डोश्वरको पुजा गर आर्शिवाद लिनु भएको हो ।

उहाँले डोलेश्वरको आर्शवादबाट वागमती प्रदेशको सम्बद्धिको यात्रा सुरु भएको बताउनुभयो । शनिवार आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजित स्वागत तथा बधाई कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने लक्ष्य रहेको बताउनु भयो ।

उहाँले सिंगो वागमती प्रदेश पर्यटकीय गन्तव्यको हव बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुर आफैमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ, विश्वभरका पर्यटक र विषेशगरि हरेक वर्ष हजारौ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरि सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।”
उहाँले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, संस्कृति र जनेिवाका संकल्पसंगै वागमती प्रदेशको सम्बृद्धिको यात्रा सुरु भएको बताउदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको सम्बृद्धीमा अगाडि बढ्ने संकल्प गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजका अबस्थासम्म पुर्याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  राजनीतिमा त्यागले नै अगाडिको बाटो खुल्छ  : उपाध्यक्ष एवं मन्त्री किरण थापा मगर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित