आइतवार, भदौ ७, २०८३ | Sun August 23, 2026


डोलेश्वरमा ३८ दिने साउने मेला सम्पन्न, एक करोड भेटी संकलन 

डोलेश्वरमा ३८ दिने साउने मेला सम्पन्न, एक करोड भेटी संकलन 



भक्तपुर, ६ भदौ ः केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला आज साँझबाट सम्पन्न भएको छ । साउन १ गतेबाट सुरु भएको मेला आज साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापाले समापन गर्नु भएको हो ।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई डोलेश्वर महादेव मन्दिरलाई वि.सं. २०६६ भदौ ६ मा केदारनाथको शिर घोषणा गरिएको थियो । घोषणा भएको दिन भएकाले आजको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिई शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको उहाँले बताउनुभयो ।
मेलाको ३८ दिने अबधीमा करिब एक करोड रुपैयाँ भेटी संकलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेला अबधीभर करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको जानकारी दिदै उहाँले यस अबधीमा ४० हजार भन्दा बढी भारतीय पर्यटकको आगमन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले डोलेश्वरको विकासमा निरन्तर लाग्दै आएको बताउदै नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको विकासको केन्द्र बनाउने गरि शिव सर्किटको निर्माण गरिएको र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताउनुभयो ।
मेला
अबधीभर मन्दिरमा सन्ध्याकालिन आरती गरिएकाले साँझसमेत दर्शनार्थीको भीड लगाउने गरेको बताउदै संकलन भएको भेटीलाई यहाँको समग्र विकासमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष , वडा नं. ७ का वडाध्यक्ष एवं प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर सूर्यविनायकको मात्रै नभई विश्वभरका हिन्दुहरुको शान र पहिचान भएको बताउदै यसको विकासमा नगरपालिका निरन्तर लाग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दूईदिने औद्योगिक मेलाको आज पहिलो दिन १५ हजार भन्दा बढीको अवलोकन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित