बुधबार, भदौ १०, २०८३ | Wed August 26, 2026


मुख्यमन्त्रीको रसुवा लगायत जिल्लाबासीलाई सुरक्षित रहन सार्वजनिक अपिल

मुख्यमन्त्रीको रसुवा लगायत जिल्लाबासीलाई सुरक्षित रहन सार्वजनिक अपिल



हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्नु भएको छ ।

         उहाँले सेवा रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन हार्दिक अपिल गर्नुभएको छ।

       अपिल गर्दै उहाँले भन्नुभयो, ” विशेषगरी नदी तथा खोला किनारमा नबस्नुहोस्, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित तथा उच्च स्थानतर्फ सर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आफ्ना परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत तत्काल जानकारी गराउनुहोस्।”

           उहाँले सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना र निर्देशनलाई अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोध गर्दै, जटिल समयमा सतर्कता र सुरक्षित रहन आग्रह गर्नु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने प्रावधानसहित मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित