भक्तपुर, १३ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुर आए लगत्तै रसुवाको उत्तरगया र धुन्चेका बाढी पीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाउनु भएको छ ।
भदौ १० गते नुवाकोटमा ११ र १२ गते उत्तरगया र धुन्चेमा स्थलगत अवलोकन गरि आफ्नो गृह जिल्ला भक्तपुर फर्किए लगत्तै आजै राहत सामग्री संकलन गरि पठाउनु भएको हो । उहाँले रसुवाको उत्तरगया र धुन्चेमा विपदमा परेका मानिसहरुका लागि अत्यावश्यक खाना र लत्ता कपडा सडक मर्मत गर्दै स्थलमार्गबाटै राहत सामग्री आजै पठाएको बताउनु भयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “म नुवाकोट, धादिङ् त्रिशुली, बेत्रावर्ती, बट्टार, उत्तरगया र धुन्चेमा तीनदिनसम्म खटिएर खोज तथा उद्धार, खाना, बासको व्यबस्था, स्वास्थ्य परीक्षणमा सक्रिय भए, तर काठमाडौंबाट गएका राहत सामग्री बिदुरमा मात्रै थुप्रिएका छन्, उत्तरगयादेखि धुन्चेसम्म राहत पुगेको छैन, त्यसैले आज भक्तपुर फर्किए लगत्तै उत्तरगया र धुन्चेका लागि टिपर तथा ट्रक मार्फत राहत सामग्री पठाएका छौं ।”
उहाँले बागमती प्रदेश सरकारको पहलमा छहरे, चौघोडा, बाहुनबेंसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरो किलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको बताउनुभयो । मुख्यमन्त्री थापाको पहलमा बिभिन्न निकाय र व्यक्तिबाट संकलन भएका खाने तेल २० कार्टुन, ६३ बोरा चामल, १५० प्याकेट दाल, चार बोरा आलु, ४० बक्सा मिनरल वाटर र दुई बोरा आयोडिनयुक्त नुन, एक बोरा लुगा र रु.३४ हजार नगद पठाइएको छ ।
रसुवाका बाढी प्रभावित नागरिकका लागि भक्तपुर इँटा तथा टायल कारखानाबाट मात्रै चामल ८० बोरा, तेल १५ कार्टुन, आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, बिस्कुट ७० प्याकेट, जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, चाउँचाउँ ४० कार्टुन र भुजिया १५ बोरा सहितको राहत सामग्री आजै नीलकण्ठ होल्डिङ सेन्टरमा पु¥याइएको उहाँले बताउनुभयो ।
राहत सामग्री रसुवा पु¥याउन समेत विभिन्न संस्थाले सवारीसाधन समेत निःशुल्क उपलब्ध गराएका छन् । बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएकाले बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा यातायात साधन मार्फत काठमाडौं पठाइरहेको बताउदै उहाँले धुञ्चे र बिचमा खाना समेत खुवाएर काठमाडौं पठाउने काम भइरहेको बताउनुभयो ।
कसकसले दिए के के सामान :
लक्ष्मण अवालबाट प्राप्त सनफ्लावर तेल २० कार्टुन, काठमाडौं फन भ्याली प्रालिबाट २२ बोरा र भेरिएबल सोलुसन्स प्रालिबाट २२ बोरा गरि ४४ बोरा जिरा मसिनो चामल, जीवन कावाङ र युवराज थापाबाट ५ ५ बोरा, गौरव पाठकले ४ बोरा, राकेश श्रेष्ठले ३ बोरा तथा अट्टा ज्वेलर्सबाट २ बोरा जिरा मसिनो चामल सहयोग प्राप्त भएको छ ।
त्यस्तै हरि गोपाल शैँजुले १५० प्याकेट दाल, रामचन्द्र थापाले चार बोरा आलु, निशा दाहालले विविध खाद्यान्न, सुरेन्द्रराज खत्रीले ४० केस मिनरल वाटर तथा दिनेश बस्नेतले दुई बोरा आयोडिनयुक्त नुन उपलब्ध गराउनुभयो भने रामसुन्दर प्रजापतिले एक बोरा लुगा र सूर्य आर्ट्सले चार थान प्रिन्टिङ फ्लेक्स सहयोग गरेको विवरणमा उल्लेख छ। राहत अभियानका लागि भक्तपुरका सहयोगीहरूबाट ३४ हजार रुपैयाँ नगद संकलन गरी पठाइएको छ ।
भक्तपुर इँटा तथा टायल कारखानाबाट पनि रसुवाका बाढी प्रभावित नागरिकका लागि ठूलो सहयोग प्राप्त भएको छ । कारखानाबाट जिरा मसिनो चामल ८० बोरा, सनफ्लावर तेल १५ कार्टुन, ज्ञान चक्की आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, भिटामिन मिल्क बिस्कुट ७० प्याकेट, रियल जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, बाई–बाई ४० कार्टुन र भुजिया १५ बोरा प्राप्त भएको छ।

यी सामग्री आजै रसुवाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुगेका हुन् । ती सामान आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको छ। राहत सामग्री रसुवा पुर्याउन आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रालिले एउटा टिपर र एउटा निसान गाडी उपलब्ध गराएको थियो। त्यस्तै भक्तपुर इँटा तथा टायल उद्योगले पनि एउटा निसान गाडी उपलब्ध गराएको थियो।
बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको जनाएको छ।
मुख्यमन्त्री थापा मगरले प्रदेशका सबै संयन्त्रलाई परिचालन गरेर प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको बताउनुभएको छ। उहाँका अनुसार सडक क्षतिग्रस्त भएका स्थानमा तत्काल मर्मत गर्दै वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने प्रयास भइरहेको छ।
बाढीले सडक सम्पर्क विच्छेद भएका स्थानमा वैकल्पिक मार्ग खोल्दै अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री स्थलमार्गबाटै पुर्याउन थालिएपछि प्रभावित नागरिकसम्म राहत पुर्याउने बाटो सहज भएको प्रदेश सरकारको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Views: 8