मङ्लबार, भदौ २३, २०८३ | Tue September 08, 2026


मुख्यमन्त्री किरण थापासहित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

मुख्यमन्त्री किरण थापासहित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन



भक्तपुर, २२ भदौ : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा सूर्यविनायकमा दीप प्रज्वलन गरेको छ ।
वागमती प्रदेशका मुख्यमन्त्रत्री किरण थापा मगरसहित स्थानीय नागरिक समाजले आज साँझ बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गरेको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु, सूर्यविनायक वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नं. ७ का वडा अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडा अध्यक्ष शिवराम राउत, वडाका बिभिन्न निकायको प्रतिनिधिहरु, विद्यार्थी एवं अभिभावक, सरोकारवाला निकायलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री थापाले दीप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रममा नागरिक समाजको तर्फबाट सयौ व्यक्तिले हातमा मैनबत्ति बालेर मृतक व्यक्ति प्रति शान्तिको कामना गरेको थियो । सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो । बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पु¥याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित