हेटौडा, १ असोज । वागमती प्रदेशका नागरिकले सरकारी निकायको कार्यमा कुनै गुनासो गर्नु परेमा वा सुझाब दिनु परे सिधै हेलो सिएममा फोन गर्न सक्ने व्यबस्था गरेको छ । वागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याउदै यस सेवा मार्फत प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने व्यबस्था गरेको हो ।
नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पु¥याउन सक्ने व्यबस्था गरिएको छ । टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मातहत सञ्चालन हुने ‘हेलो सिएम’ मा आमनागरिकले सिधै फोन गरेर आफ्नो करा राख्ने व्यबस्था गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको हो ।
मुख्यमन्त्री कार्यालयका अनुसार गुनासो पेस गर्ने प्रमुख माध्यमहरू यस प्रकार रहेको छ ।
टोल फ्री नम्बरः १६६०५७५२८९८
WhatsApp नम्बरः ९८५५०९१४५६
इमेलः ocmcm@bagamati.gov.np
अनलाइन पोर्टलः httpsM/gunaso.bagamati.gov.np र अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित विषयमा जिज्ञासा, गुनासो र सुझाब राख्न सकिने ब्यबस्था गरिएको छ ।

