शनिबार, अशोज ३, २०८३ | Sat September 19, 2026


बागमती प्रदेशको नवनियुक्त कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री आलेमगरद्धारा पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशको नवनियुक्त कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री आलेमगरद्धारा पद तथा गोपनीयताको शपथ



हेटौँडा, २ असोजः बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ । उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराउनुभएको हो । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो ।

मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसक्नुभएको भए पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैँ मातहतमा राख्नुभएको थियो। मन्त्री आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले समेत नेतृत्व पाएको छ।

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा प्रदेश सरकार गठन भएको छ। प्रदेश सरकारमा हाल आठ वटा मन्त्रालय रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ट्रयाक्टर दुर्घटना दुई जनाको मृत्यु, नौ घाईते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित