शनिबार, अशोज ३, २०८३ | Sat September 19, 2026


जडिबुटीमा ट्यांकरको ठक्कर, श्रीमतिको मृत्यु, श्रीमान घाईते

जडिबुटीमा ट्यांकरको ठक्कर, श्रीमतिको मृत्यु, श्रीमान घाईते



भक्तपुर, २ असोज : काठमाडौंबाट जडिबुटी हुदै भक्तपुरतर्फ जादै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले आज बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।
कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर जाने क्रममा आज कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयांकरले ठक्कर दिदाँ मोटसाईकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव परीक्ष(ाका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र ट्यांकर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रण्मा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एक लाख ६० हजार नगद सहित जुवाखालबाट १० पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित