भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले भक्तपुर जिल्लालाई स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्दै सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने बताउनु भएको छ ।
आज सूर्यविनायक नगरपालिकाले नगरपालिकाको कार्यालयमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बेल्दै उहाँले अरनिको राजमार्गमा जोडिएको सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टको रुपमा विकास गर्न बजेट विनियोजन गरेको बताउनुभयो ।
अरनिको राजमार्गमा हुने दुर्घटनाका घाईतको छिटो उपचार गर्ने उदेश्यले सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउदै मुख्यमन्त्री थापाले भक्तपुरलाई बागमती प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार र विशेषज्ञ सेवा विस्तार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा विशेषज्ञ सेवा सुरु भइसकेको छ, मुटुरोग (कार्डियोलोजी) सेवा सञ्चालन सुरु भएको छ, अरु सेवा विस्तार गर्दै गएको छ । ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।”
सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न पनि बजेट छुट्याइएको जानकारी दिँदै प्रदेशका सबै अस्पतालहरूलाई क्रमशः विशेषज्ञ सेवा दिने संस्थाका रूपमा रूपान्तरण गरिँदै गएको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रमा अधिकांश विकास गरेको बताउदै प्रदेश सरकारले पनि ठूलो सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाअध्यक्षहरुले २०७४ को निर्वाचनमा वडा अध्यक्षका रुपमा निर्वाचित व्यक्तिलाई नगरपालिकामा मुख्यमन्त्रीको रुपमा स्वागत गर्न पाएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

