शनिबार, अशोज १७, २०८३ | Sat October 03, 2026


वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नु पर्छ : मुख्यमन्त्री किरण थापा मगर

वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नु पर्छ : मुख्यमन्त्री किरण थापा मगर



हेटौँडा, १६ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फस्र्ट ग्राजुएट कन्फ्रेन्सको आज उद्घाटन गर्दै उहाँले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बतानु भएको हो ।

मुख्यमन्त्री थापा मगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्वपूर्र्ण आधार रहेको चर्चा गर्दै विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भयो ।

युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउदै उहाँले भन्नुभयो, “शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ। वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा जोड्न आवश्यक छ ।”

मुख्यमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा देखापरेको उल्लेख गर्नुभयो । यस्ता चुनौतीको सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै उहाँले विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। सबै पक्षको ज्ञान, अनुभव र प्रविधिलाई एकीकृत गरेर मात्रै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिनुभयो । प्राकृतिक स्रोतको संरक्षणसँगै त्यसबाट प्राप्त हुने अवसर र लाभलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।

यो पनि पढ्नुहोस  राजावादी प्रदर्शनमा १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड

उहाँले वन विज्ञान तथा वातावरणका क्षेत्रमा हुने अनुसन्धानलाई नीति निर्माण र स्थानीय तहमा देखिएका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्ने बताउनुभयो । “अनुसन्धानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ । हाम्रो अनुसन्धानले समाज र वातावरणका वास्तविक समस्या समाधान गर्न सक्ने आधार तयार गर्नुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

युवाहरूले आफूले हासिल गरेको ज्ञान र सीपलाई स्थानीय आवश्यकता तथा वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वन विज्ञान अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई देश र प्रदेशको प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान पु¥याउने महत्त्वपूर्ण जनशक्तिका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्रीले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । बदलिँदो वातावरणीय चुनौती र प्राकृतिक स्रोत व्यवस्थापनका नयाँ आयामलाई सम्बोधन गर्न विश्वविद्यालयले समयानुकूल अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

फस्र्ट ग्राजुएट कन्फ्रेन्सले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच ज्ञान, अनुभव र विचार आदान–प्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वाससमेत मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभयो । उहाँले यस्ता सम्मेलनले वन विज्ञान, वातावरण संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ सोच र अनुसन्धानका सम्भावनालाई थप विस्तार गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित